एमाले अध्यक्ष केपी शर्मा ओलीले चीन लगायतका दुनियाँका सबै पार्टीहरूले परित्याग गरिसकेको ७० वर्षे उमेरहद हटाउने निर्णय एमालेले गर्दा त्यसको विरोध गर्न आवश्यक नभएको बताएका छन्।
काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपयोगी नभएकाले आफ्नो पार्टीले ७० वर्षको उमेरहद हटाउने निर्णय गरेको बताएका छन्। ७० वर्ष माथिकाले काम गर्न सक्ने अवस्थामा पनि राजनीति छोड्नुपर्ने अप्ठ्यारो अवस्था आएको, कतिपय अन्य पार्टीबाट आएका नेताहरूलाई पनि जिम्मेवारी दिनुपर्ने भएकाले त्यो उमेरहद हटाउने निर्णय गर्नु परेको ओलीको स्पष्टीकरण थियो।
अखिल नेपाल महिला संघ, बागमती प्रदेश कमिटीले शनिबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै उनले चीन लगायतका दुनियाँका सबै पार्टीहरूले परित्याग गरिसकेको ७० वर्षे उमेरहद हटाउने निर्णय एमालेले गर्दा त्यसको विरोध गर्न आवश्यक नभएको बताए।
“सबैभन्दा पछि हामीले राखेका हौँ ७० वर्ष। दुई, तीन वटा पार्टी थिए ७० वर्ष राख्ने दुनियाँमा। चिनियाँ कम्युनिस्ट पार्टी, साइप्रसको पार्टी र हाम्रो पार्टी। अरूले छाडे, हामीले पनि अन्तिममा छोड्नै पर्यो। किनभने यो उपयोगी भएन। त्यसकारण यस्ता कुरामा अल्झिलिएर, अल्झेर, राजनीतिक कुरा नगरेर ७० वर्ष भयो कि भएन? दुनियाँमा कहीँ नभएको कुरा, कहीँ नभएको जात्रा एमाले किन गर्न जरुरी छ? त्यसकारण हामीले त्यसलाई छोड्ने भएका हौँ,” उनले भने।
अध्यक्ष ओलीले ले केहीले पार्टीको निर्णयको विरोध गरेर अराजनीतिक गतिविधि गरिरहेको आरोप लगाए। पार्टीका युवालाई ७० वर्ष कटेकासँग प्रतिस्पर्धा गरेर महाधिवेशनमा अध्यक्ष, उपाध्यक्ष, महासचिव बन्न कसले रोकेको छ? भनी प्रश्नसमेत गरे। काम गर्न सक्छन् भने ७० वर्ष कटेकालाई पार्टीभित्र प्रतिबन्ध लगाउनुपर्ने कुनै कारण नरहेको ओलीको तर्क थियो।
फरक प्रसंगमा अध्यक्ष ओलीले २०८४ सालको निर्वाचनमा एमालेले एक्लै बहुमत ल्याउने मिसन लिएको उल्लेख गर्दै त्यसलाई सफल बनाउने गरी वडावडामा गएर काम गर्न पनि पार्टीका नेता–कार्यकर्तालाई सचेत गराए। उनले सिद्धिइसकेका तत्त्वहरूले समाजवादी मोर्चा बनाउने प्रयास गरेकाले त्यसमा आत्तिनुपर्ने कारण नरहेको बताए।
“सिद्धिएका तत्त्वहरू मिलेर मोर्चा बनाउँछन् रे। अनि के हुन्छ त्यो मोर्चाले? त्यसकारण यस्ता कुनै पनि कुराहरूसँग हामीले वास्ता गरिरहनुपर्ने होइन। हामी दृढताका साथ अगाडि बढ्छौँ,” उनले भने। अध्यक्ष ओली देशविरोधी शक्तिहरू एमालेविरुद्ध लागिपरेको आरोप लगाउँदै नेता–कार्यकर्तालाई सचेत रहन आग्रह गरे।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
