नेपालमा पठन संस्कृति मासिँदै गएको भन्दै लेखक एवं पत्रकारहरूले चिन्ता व्यक्त गरेका छन्। नियमनकारी निकाय नहुँदा सञ्चारमाध्यमबाट गलत र मिथ्या समाचार सम्प्रेषण बढिरहेको उनीहरूले औँल्याएका छन्।
काठमाडौँ– नेपालमा पठन संस्कृति मासिँदै गएको भन्दै लेखक एवं पत्रकारहरूले चिन्ता व्यक्त गरेका छन्। शनिबार काठमाडौँमा आयोजित नेपालको पत्रकारितामा विश्वव्यापी परिदृश्य नामक पुस्तक विमोचन कार्यक्रमका वक्ताहरूले पठन संस्कृति मासिएकोप्रति चिन्ता व्यक्त गरेका हुन्।
उनीहरूले सञ्चारमाध्यममा पनि असम्पादितत सामग्री बढी प्रसारण र प्रकाशन हुनु चिन्ताको विषय भएको बताए। सञ्चारमाध्यमको नियमनकारी निकाय नहुँदा यस्ता घटना बढिरहेको उनीहरूले औँल्याएका छन्।
कार्यक्रममा बोल्दै लेखक तथा प्राध्यापक रामप्रसाद रेग्मीले देशमा पठन संस्कृति हराउँदै गएको बताउँदै अहिलेको समाज टिकटक र अन्य सामाजिक मिडियामा बढी रमाउने गरेको उल्लेख गरे। उनले सञ्चारमाध्यममा प्रकाशन एवं प्रसारण भएका लेखको पनि शीर्षक मात्रै पढ्ने संस्कृति विकसित हुँदै गएको भन्दै दुःख व्यक्त गरे।
“किताब पढ्छन्, आर्टिकल पढ्छन् भन्ने मलाई लाग्दैन, टाइटल र फर्स्ट प्याराग्राफ मात्रै पढ्छन्, हाम्रो किताब पठन संस्कृतिको धेरै अभाव हुँदै गएको छ। मानिसका दिमागबाट सिर्जित यी पुस्तकहरू एउटा पुस्ताबाट अर्को पुस्तामा लैजानका लागि अध्ययन नै हो,” उनले भने, “यसलाई हामीले रिस्टोर गरेर अघि बढ्न जरुरी छ।
कार्यक्रममा बोल्दै वरिष्ठ पत्रकार कुन्दन अर्यालले सञ्चारमाध्यममा सम्पादितभन्दा असम्पादित समाचार सामग्री प्रसारण एवं प्रकाशन बढ्दै जानु चिन्ताको विषय भएको बताए। सञ्चारमाध्यमले ध्यान दिएर अघि नबढ्दा त्यसको असर समाज र आमनागरिकमा पर्ने उनको भनाइ थियो। उनले गलत र मिथ्या समाचारले भ्रम सिर्जना गरिरहेकोप्रति सचेत गराउँदै यस्ता समाचार सामग्रीको प्रकाशन र प्रसारणमा रोक लगाउन आवश्यक रहेको औँल्याए।
“प्रशिक्षित पत्रकारहरू विज्ञ नै हुनुपर्छ। डिस इन्फरमेस र मिस इन्फरमेसनलाई कम गर्दै जानुपर्छ। हामी एडिटेड कन्टेनमा बढी फोकस गर्नुपर्छ। तर, अहिले सम्पादित कन्टेनभन्दा अनएडिटेड कन्टेन बढी गएको छ। यो चिन्ताको विषय छ,” उनले भने।
कार्यक्रममा बोल्दै विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईंले नयाँ सञ्चारमाध्यमको बढोत्तरी भए पनि नियमन नहुँदा समस्या आइरहेको बताए। नियमनकारी निकाय नहुनु नै बेथिति र विसंगतिको कारण भएकाले सरकारले यसमा विशेष ध्यान दिनुपर्ने उनको सुझाव थियो।
“अहिले अनलाइन मिडिया यति धेरै आइसके र मिडियै मिडिया भइसक्यो, तैपनि नियामक निकाय छैन। नियामक निकायको रूपमा अस्तिसम्म सञ्चार मन्त्रालय थियो, सञ्चार मन्त्रालयले धान्न नसकेर सूचना प्रसारण विभागमा डाइभर्ट भएको छ। नियमनकारी निकाय नहुनु नै बेथिति र विसंगतिको कारण हो,” उनले भने।
कार्यक्रमका अन्य वक्ताहरूले एकले अर्काको राम्रो भन्ने प्रवृत्तिबाट मुक्त भई राम्रो भएकाहरूको साथ र टेवा दिने र नराम्रो भएकाहरूलाई सच्याउन आग्रह गर्न जोड दिने संस्कृतिको विकास गर्नुपर्ने बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
