कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले देशको शासन र शासकीय संरचना सुधारका लागि राष्ट्रपति दोहोर्याएर, प्रधानमन्त्री दुई पटकभन्दा बढी बन्न नहुने व्यवस्था गर्नुपर्ने प्रस्ताव गरेका छन्।
काठमाडौँ– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राजनीतिक दलहरूले भ्रष्टाचारको आरोपमा तानिएका नेताहरूको प्रतिरक्षा गर्न नहुने बताएका छन्। नक्कली भुटानी शरणार्थी प्रकरणमा फसेका कांग्रेस नेता बालकृष्ण खाँणलाई पार्टीबाट निलम्बन गर्नुपर्ने दबाब बढिरहेका बेला उनले त्यस्ता गतिविधिमा संलग्न कुनै पनि नेतालाई पार्टीले प्रतिरक्षा गर्न नहुने आफ्नो अडान राखेका हुन्।
शनिबार काठमाडौँमा आयोजित ‘शासन र शासक’ नामक पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले कांग्रेस, एमाले र माओवादी केन्द्रजस्ता राजनीतिक पार्टीले आफ्नो पार्टीको अमुक नेताहरूलाई निर्दोष साबित गर्ने प्रयास गर्न नहुने बताए। नेताहरूलाई दोषी या निर्दोष करार गर्ने संविधान, कानून र राज्यका निकाय भएकाले राजनीतिक दलहरूले त्यसले लिएको निष्कर्षलाई मानेर अघि बढ्नुपर्ने उनको भनाइ थियो।
महामन्त्री शर्माले नेताहरूलाई प्रतिरक्षा नगरी स्वतन्त्र ढंगले सम्बन्धित निकायलाई छानबिन गर्न दिनु भनेको मुलुकको सुशासनका लागि महत्त्वपूर्ण कदम हुने पनि स्मरण गराए। “कांग्रेस, एमाले, माओवादी जस्ता दलले कसैले प्रतिरक्षा नगर्ने। र, कोही पनि निर्दोष नफसुन्। र, कोही पनि दोषी नउम्किउन् भन्ने मनोविज्ञान बनाउने कुरा पनि सुशासनको एउटा कदम हुन्छ,” उनले भने।
महामन्त्री शर्माले मुलुकको शासन र शासकीय संरचना सुधारका लागि राष्ट्रपति दोहोर्याएर नहुने, प्रधानमन्त्री दुई पटकभन्दा बढी बन्न नहुने व्यवस्था गर्नुपर्ने प्रस्ताव गरे। त्यसो गरिए शासन व्यवस्थामा सुधारका प्रक्रियालाई अघि बढाउन सकिने र सक्षमहरूले मुलुकको जिम्मेवारी सम्हाल्दै अघि बढ्ने अवस्था आउने उनको बुझाइ थियो।
महामन्त्री शर्माले तीन पटकभन्दा बढी मन्त्री हुन नपाउने, चार पटकभन्दा बढी सांसद बन्न नपाउने व्यवस्था पनि मुलुकको शासन सुधारका लागि अति आवश्यक रहेको दाबी गरे। “जतिसुकै योग्य व्यक्ति भए पनि योभन्दा बढी जिम्मेवारी नलिऊ। व्यक्ति जतिसुकै योग्य होस्। यसो गरेर मात्रै शासक र शासन व्यवस्थालाई सुधार गर्न जरुरी छ,” उनले भने।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
