बाढीले बगाएकामध्ये अप्पर हेवाखोला हाइड्रोपावरमा काम गर्ने एक मजदुरको शव पाँचखपन–५ खोला किनारमा फेला परेको प्रहरीले जनाएको छ। पाँचखपन र चैनपुर जोड्ने निर्माणाधीन मोटरेबल पुलमा क्षति पुर्याएको छ।
किमाथांका– सङ्खुवासभाको हेवाखेलामा गए राति आएको बाढीले सात घर बगाएको छ।
अविरल वर्षासँगै आएको बाढीले हेवाखोला किनारका सात घर बगाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। बाढीले बगाएर सुपर हेवाखोला हाइड्रोपावरमा काम गर्ने एक जना मजदुरको मृत्यु भएको डीएसपी वीरेन्द्र गोदारले जानकारी दिए।
अरू १६ जना मजदुर सम्पर्कविहीन भएका छन्। अप्पर हेवाखोला हाइड्रोपावरमा काम गर्ने मजदुरको शव पाँचखपन–५ खोला किनारमा फेला परेको प्रहरीले जनाएको छ। डीएसपी गोदारका अनुसार शवको पहिचान हुन बाँकी छ।
बाढीले चैनपुर–४ मा निर्माण भइरहेको सुपर हेवा हाइड्रोमा पूर्ण रूपले क्षति पुगेको छ। पाँचखपन र चैनपुर जोड्ने निर्माणाधीन मोटरेबल पुलमा क्षति पुर्याएको छ।
घटनाबारे थप बुझ्न आफूहरू त्यसतर्फ गइरहेको प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
