एमाले अध्यक्ष ओलीले सशस्त्र युद्धका कारण पीडामा परेकालाई बेवास्ता गरेर माओवादी केन्द्रका अध्यक्ष दाहाल आफ्ना परिवार र आफन्तको हितमा मात्रै लागेको आरोप लगाए।
काठमाडौं– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले चितवनमा टिक्न नसक्ने भएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' निर्वाचन लड्न गोरखा जानु परेको टिप्पणी गरेका छन्।
अध्यक्ष ओलीले आफ्नै जिल्लामा निर्वाचन लड्न नसकेर गोरखा जाने दाहाललाई स्वदेश तथा विदेशमा रहने कुनै पनि नेपालीले साथ दिन नहुने तर्कसमेत गरे।
प्रवासी नेपाली मञ्चको प्रथम अन्तर्राष्ट्रिय अधिवेशनको शनिबार काठमाडौंमा उद्घाटन गर्दै उनले दाहालले आफ्नै नेतृत्वमा चलाएको युद्धका कारण धेरै नेपालीले बेसहारा जीवन गुजार्नु परेको बताए।
सशस्त्र युद्धका कारण पीडामा परेकालाई बेवास्ता गरेर आफ्ना परिवार र आफन्तको हितमा मात्रै दाहाल लागि परेको ओलीको आरोप थियो।
अध्यक्ष ओलीले आगामी निर्वाचनपछि एमाले एक्लैले बहुमतको सरकार बनाउने दाबीसमेत दोहोर्याए। उनले सत्तारूढ गठबन्धनले आगामी निर्वाचनमा जनमत पाए लुटपाट शुरु हुने र देश कंगाल बन्ने जिकिरसमेत गरे।
अध्यक्ष ओलीले सत्तारूढ गठबन्धन मृत अवस्थामा पुगिसकेको बताए। "गठबन्धन भिजनहीन, गन्तव्यहीन, नीतिहीन, थितिहीन, विधिहीन छ, यसले जनता देख्दैन। देशको किञ्चित माया छैन। यो पहिल्यै मरिसक्यो", उनले भने।
अध्यक्ष ओलीले मुलुकलाई समृद्धिको बाटोमा अघि बढाउने योजना, नीति र कार्यक्रम आफ्नो पार्टीसँग मात्रै भएको भन्दै आगामी निर्वाचनमा नेपाली जनताले सरकार बनाउने गरी साथ दिनुपर्ने बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
