पुल बगाएका स्थानमा तत्काल बेलिब्रिज जडान गर्न उपकरण र आवश्यक जनशक्तिसहित कार्य प्रारम्भ भइसकेको मन्त्री ज्वालाले बताएका छन्।
काठमाडौँ– पूर्वी नेपालमा गएराति आएको भीषण बाढी पहिरोले सडक र पुलमा मात्रै करिब ५० करोड रुपैयाँ बराबरको क्षति भएको छ।
प्रतिनिधिसभाको आइतबारको बैठकमा समय माग लिएर बोल्दै भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री प्रकाश ज्वालाले सो विषयका बारेमा सदनलाई जानकारी गराएका हुन्।
“ताप्लेजुङ, तेह्रथुम, सङ्खुवासभा, पाँचथरलगायत जिल्लामा गएराति आएको ठूलो बाढी पहिरोले जनधनको क्षति भएको, केही व्यक्तिको ज्यान गएको र केही बेपत्ता भएका छन्,” उनले भने, “म ज्यान गुमाउनेप्रति म र सरकारका तर्फबाट हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु।”
मन्त्री ज्वालाले उद्धार, राहत र सहयोगका लागि तीव्र रूपमा काम अघि बढाएको जानकारी दिए। “पाँचथरको हेवाखोलामा पुल बगाएपछि सो जिल्ला अन्य जिल्लासँगको पहुँच विच्छेद भएको छ। विद्युत्सम्पर्क पनि टुटेको छ।
अरुण करिडोरमा ५०० मिटर सडक क्षति भएको छ,” उनले भने। मध्यपहाडी राजमार्गको पनि केही क्षेत्रमा क्षति पुगेको छ। सम्बन्धित कार्यालयमा कुरा गरी तत्काल बेलिब्रिज जडान गर्न उपकरण र आवश्यक जनशक्तिसहित कार्य प्रारम्भ भइसकेको मन्त्री ज्वालाले बताए।
बेलिब्रिज जडान नभएसम्म सतहबाट नै डाइभर्सन बनाएर यातायात सञ्चालन गर्न लागिपरेको उनको भनाइ छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
