नेसन्स लिगको फाइनलमा क्रोएसियालाई पेनाल्टी सुटआउटमा पराजित गरेको स्पेनले ११ वर्षपछि अन्तर्राष्ट्रिय उपाधि जितेको छ।
स्पेनसँग नेसन्स कपको फाइनलमा पेनाल्टी सुटआउटमा पराजित हुँदै फुटबलमा पहिलो अन्तर्राष्ट्रिय ट्रफी जित्नबाट क्रोएसिया चुकेको छ। स्पेनले भने सन् २०१२ मा युरोकप जिते यता पहिलोपटक अन्तर्राष्ट्रिय उपाधि जितेको छ।
नेदरल्यान्डको रोटेरडम शहरमा भएको फाइनल खेल नियमित र अतिरिक्त समयमा गोलरहित बराबरीमा टुंगिएको थियो। त्यसपछि उपाधिको निर्णय पेनाल्टी सुट आउटबाट भएको थियो।
शुरूका पाँच पेनाल्टी सुटआउट ४–४ गोलको बराबरीमा सकिएको थियो। चौँथो पेनाल्टी प्रहारका लागि आएका क्रोएसियाका लोभ्रो माजेरले गोल गर्न नसकेपछि स्पेन अगाडि बढेको थियो। तर, स्पेनका आयमेरिक लापोर्टेले गोल गर्न चुक्दा पुनः पेनाल्टी हान्नु पर्ने भएको थियो।
निर्णायक अवस्थामा क्रोएसियाका ब्रुनो पेट्कोभिकले गोल गर्न चुके। तर, स्पेनका डानी कार्भाजालले गोल गरेपछि स्पेनले उपाधि जितेको हो।
फाइनल खेलको म्यान अफ द म्याच स्पेनका रोड्री भए। उनले यसै सिजन म्यान्चेस्टर सिटीबाट च्याम्पियन्स लिगको फाइनल खेल्दै उपाधि जिताउन निर्णायक गोल गरेका थिए।
उता क्रोएसियाका लुका मोड्रिकको उपाधि जित्ने सपना भने साकार हुन सकेन। राष्ट्रिय जर्सीमा १६६ खेल खेलिरहेका उनी करियरको उत्तरार्धमा छन्। यसअघि क्रोएसिया सन् २०१८ को विश्वकप फाइनलमा फ्रान्ससँग पराजित भएको थियो भने सन् २०२२ को विश्वकपमा तेस्रो भएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
