उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्नेविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता थियो। उक्त मुद्दाको असार ५ गते अन्तिम पेसी थियो। तर, सरकारले मुद्दा नै फिर्ता लिने निर्णय गरेको छ।
काठमाडौँ– त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरका उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्ने नेविसंघ कार्यकर्ताविरुद्धको मुद्दा फिर्ता लिने सरकारले निर्णय गरेको छ। मुद्दा फिर्ताका लागि आइतबार नै काठमाडौँ जिल्ला अदालतमा निवेदन दर्ता भएको छ।
सरकारले त्रिवि नेविसंघ क्याम्पस इकाईका तत्कालीन अध्यक्ष हरि आचार्य र कार्यकर्ता योगेन्द्र रावलसहित पाँच जनाविरुद्धको मुद्दा फिर्ताका लागि निवेदन दर्ता गराएको हो। मन्त्रिपरिषद बैठकबाटै आक्रमणमा संलग्नमाथि लगाइएको मुद्दा फिर्ता लिने निर्णय भएको हो।
जिल्ला सरकारी वकिल कार्यालयका अनुसार मन्त्रिपरिषदले मुद्दा फिर्ता लिने निर्णय गरेपछि उक्त कार्यालयले काठमाडौँ जिल्ला अदालतमा निवेदन दर्ता गरेको हो। आक्रमणमा संलग्नमाथि ज्यान मार्ने उद्योगको मुद्दा अदालतमा विचाराधीन थियो। मुद्दाको अन्तिम पेसी असार ५ गतेलाई तोकिएको थियो।
त्रिभुवन विश्वविद्यालय समाजशास्त्र तथा मानवशास्त्र केन्द्रीय विभागका उपप्रध्यापक चलाउने माथि २०७७ असोज २० गते आचार्य र रावलसहित रविन लामा, सयुज श्रेष्ठ तथा निरज रानामगर लगायतको समूहले आक्रमण गरेको थियो।
आक्रमणबाट चलाउनेको घाँटी, कम्मर, मुख, खुट्टालगायत शरीरका विभिन्न ठाउँमा चोटपटक लागेको थियो। उनी उपचारका लागि एक महिना अस्पताल भर्ना भएका थिए। उनी लामो समय बैशाखीको सहारामा हिँडेका थिए।
उक्त घटनापछि जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले कुटपिटमा संलग्नमाथि ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेको थियो। तर, उनीहरुलाई जिल्ला अदालतले सामान्य धरौटी लिएर छाडेको थियो।
आफूले न्यायको लडाइँमा कहीँकतैबाट सहयोग नपाएको र एक्लै लडिरहेको चलाउनेले बताउँदै आएका छन्। मुद्दा फिर्ता लिने सरकारको निर्णयले आफूलाई बेचैन बनाएको उनले बताएका छन्। “मुद्दा लिने सरकारको निर्णय सुनेदेखि खाना पनि खाएको छैन, निद्रा पनि लागेको छैन। न्यायका लागि एक्लै लडिरहेको छु,” उनले भने “सास रहेसम्म न्यायको लडाइँ लडिरहन्छु।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
