आफूमाथि आक्रमण गर्नेविरुद्धको मुद्दा फिर्ता लिने सरकारको निर्णयको विरोधमा काठमाडौँ जिल्ला अदालतमा धर्ना बसेका त्रिभुवन विश्वविद्यालयका उपप्रध्यापक प्रेम चलाउने पक्राउ परेका छन्।
काठमाडौँ- आफूमाथि आक्रमण गर्नेविरुद्धको मुद्दा फिर्ता लिने सरकारको निर्णयको विरोधमा काठमाडौँ जिल्ला अदालतमा धर्ना बसेका त्रिभुवन विश्वविद्यालय समाजशास्त्र तथा मानवशास्त्र केन्द्रीय विभागका उपप्रध्यापक प्रेम चलाउने पक्राउ परेका छन्।
सरकारले उनीमाथि आक्रमण गर्ने नेविसंघ नेता तथा कार्यकर्ताविरुद्धको मुद्दा फिर्ता लिने निर्णय गरेपछि जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले आइतबार नै काठमाडौँ जिल्ला अदालतमा निवेदन दर्ता गराएको थियो। त्यसको विरोधमा चलाउने धर्ना बस्न अदालत पुगेाक थिए।
धर्ना बस्नेबित्तिकै उनलाई प्रहरीले बल प्रयोग गरेर नियन्त्रणमा लिएको हो।

२०७७ असोज २० मा नेविसंघ, त्रिभुवन विश्वविद्यालय इकाई समितिका तत्कालिन अध्यक्ष हरि आचार्य कार्यकर्ता योगेन्द्र रावलसहितले चलाउने माथि आक्रमण गरी घाइते बनाएका थिए। उनीहरूसहित बिन लामा, सयुज श्रेष्ठ तथा निरज रानामगर लगायतको समूहले आक्रमण गरेको थियो।
आक्रमणबाट चलाउनेको घाँटी, कम्मर, मुख, खुट्टालगायत शरीरका विभिन्न ठाउँमा चोटपटक लागेको थियो। उनी उपचारका लागि एक महिना अस्पताल भर्ना भएका थिए। उनी लामो समय बैशाखीको सहारामा हिँडेका थिए।
उक्त घटनापछि जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले कुटपिटमा संलग्नमाथि ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेको थियो। तर, उनीहरुलाई जिल्ला अदालतले सामान्य धरौटी लिएर छाडेको थियो। उक्त मुद्दाको अन्तिम सुनुवाइ असार ५ गते तोकिएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
