प्राकृतिक विपदबाट सिर्जित समस्यालाई तत्काल समाधान गर्नका लागि सम्बन्धित मन्त्रालयमा छुट्टै प्रणालीको व्यवस्था गर्नुपर्ने माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलको भनाइ छ।
काठमाडौँ– नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले प्राकृतिक विपद्बाट बच्न एकीकृत बस्ती बनाउनुपर्ने बताएका छन्। सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद पौडेलले प्राकृतिक विपद्बाट बच्नका लागि एकीकृत बस्ती बनाउनुपर्नेमा जोड दिएका हुन्।
“गाउँका डाँडाकाँडामा भएका बस्तीहरूलाई कुनै जंगलसँग अल्झिएको जमिन छ भने त्यहाँ ल्याएर बस्ती बसाएर विद्युत्, पानी र यातायात पुर्याउने कुरा अगाडि बढायौँ भनेदेखि एकीकृत बस्तीलाई हामी अगाडि बढाउन सक्छौँ,” उनले भने।
उनले प्राकृतिक विपद्बाट सिर्जित समस्यालाई तत्काल समाधान गर्नका लागि सम्बन्धित मन्त्रालयमा छुट्टै प्रणालीको व्यवस्था गर्नुपर्ने सुझाव दिए। उनले प्रमुख जिल्ला अधिकारीको सिफारिसमा तुरुन्त पीडितलाई उद्धार, राहत र पुनर्स्थापना गर्न सकिने संयन्त्र बनाउनुपर्ने बताए।
“प्रमुख जिल्ला अधिकारीले सिफारिस गर्नबित्तिकै राज्यका निकायले त्यहाँ गएर तुरुन्त राहत दिने काम, जनतालाई राज्यको उपस्थितिको अनुभूति दिलाउने काममा अगाडि बढ्न आवश्यक छ। त्यसो गरियो भने बाढी पहिरोबाट पीडितलाई व्यवस्थित गर्न सक्छौँ” उनले भने।
सांसद पौडेलले समाज अराजकतातिर गएको भन्दै असत्य र भ्रामक समाचार सम्प्रेषण गर्नेहरूलाई कानूनी दायरामा ल्याउनु माग गरे। उनले दिगो विकास लक्ष्यलाई भेट्ने गरी सरकारको बजेट तथा मन्त्रालयका काम, कारबाहीहरू अगाडि बढ्नुपर्ने बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
