घोराही सिमेन्टको आईपीओ खरिदका लागि रकम नै नभएका खाताबाट अस्वाभाविक रूपमा आवेदन परेपछि सीडीएस एन्ड क्लियरिङले सूचना जारी गरेर खाताको रकमभन्दा बढीको शेयर आवेदन दिइए कानूनी कारबाही हुने जनाएको छ।
काठमाडौँ– बलियो वित्तीय विवरणबिनै प्रिमियम मूल्यमा आईपीओ निष्कासन गरेको घोराही सिमेन्टको आईपीओमा ठूलो संख्यामा झूटो माग आवेदन परेको पाइएको छ।
जेठ ३२ गते सर्वसाधरणका लागि शेयर निष्कासन गरेको घोराहीले त्यसको दुई गुणाभन्दा बढी माग भए पनि आवेदन दिने समय असार १४ गतेसम्म थपेको थियो। यसअघिको सूचना अनुसार असार ४ गते सोमबारसम्म आईपीओका लागि आवेदन दिने अन्तिम दिन थियो।
सोमबार साढे २ बजेसम्म करिब १० अर्ब १४ करोड ५२ लाख रुपैयाँ बराबरको २ करोड ३३ लाख २२ हजार कित्ता शेयरका लागि आवेदन परेको सीडीएस एन्ड क्लियरिङ लिमिटेडले जनाएको छ। यसका लागि पाँच लाख ४४ हजार २४७ वटा आवेदन परेका छन्। जबकि, घोराहीले ३ अर्ब रुपैयाँ उठाउने गरी ६९ लाख ११ हजार ६७० कित्ताका लागि आवेदन खुलाएको थियो।
सर्वसाधरणका लागि आकर्षक देखाउन शेयर खरिदका लागि बैंक खातामा आवश्यक रकमबिनै शेयर प्रमोटरबाट ठूलो संख्यामा आवेदन दिएर फर्जी माग गरिएको स्रोतले जनाएको छ। मागभन्दा दोब्बर बढी आवेदन पर्दा पनि आईपीओको लागि पुन समय थप गर्नुले नै यसलाई पुष्टि गर्ने स्रोतको दाबी छ।
आईपीओको व्यवस्थापनसमेत गर्ने नेपाल स्टक एक्स्चेन्जको सहायक कम्पनी सीडीएस एन्ड क्लियरिङ लिमिटेडका प्रवक्ता सुरेश न्यौपानेका अनुसार ६९ लाख कित्ताका लागि सर्वसाधरणलाई आइपीओ जारी गरिएको थियो। आइतबार साँझसम्म करिब १ करोड ५० लाख कित्ताका लागि आवेदन परेको थियो। मागभन्दा बढी भएको कम्तीमा ८१ लाख कित्ताका लागि परेका आवेदन झूटा हुन्।
आफ्नो खातामा भएको भन्दा बढी रकमको आईपीओ माग गर्दै आवेदन परेको र मागभन्दा दोब्बर आवेदन परेकोबाट पनि फर्जी काम भएजस्तो देखिएको प्रवक्ता न्यौपाने बताउँछन्। यस विषयमा धितोपत्र बोर्डलाई पनि जानकारी गराएको उनले बताए। “कम्पनीले करिब ७० लाख कित्ताका लागि आवदेन मागेको छ, तर दोब्बरभन्दा बढी माग भएको छ। पुनः म्याद थपिएको छ। यसले पनि झूटो कारोबार भएको जस्तो देखिन्छ,” न्यौपानेले भने।
सीडीएस एन्ड क्लियरिङले सूचना जारी गरेरै आफ्नो खातामा भएको रकमभन्दा बढीको शेयरका लागि आवेदन दिएको पाइए कानूनी कारबाही हुने जनाएको छ। आवेदनको संख्या तथा परिमाणलाई प्रभावित पार्नेगरी आफ्नो बैंक खातामा भएको रकमभन्दा बढीको सेयरको लागि आवेदन दिए धितोपत्र सम्बन्धि ऐन, २०६३ अनुसार झूटा एवं जालसाजीयुक्त कारोबार हुने सूचनामा उल्लेख छ।
“सार्वजनिक निष्कासनमा प्राप्त आवेदनको संख्या तथा परिमाणलाई प्रभावित पार्ने कार्य गरेमा सो कार्य धित्रोपत्र सम्बन्धि ऐन, २०६३ अनुसार झूटा एवं जालसाजीयुक्त कारोबार हुने भएकोले यस्ता कार्य गर्ने व्यक्ति वा संस्थालाई सो ऐनअनुसार कानूनी कारबाही हुने व्यहोरा जानकारी गराउँदै यस किसिमको कार्य नगर्न नगराउनु हुन सम्बन्धित सम्पूर्णलाई सूचित गराइन्छ,” सूचनामा भनिएको छ।
यो पनि: बलियो वित्तीय विवरणबिना नै शेयर निष्कासन, जोखिममा सर्वसाधारणको लगानी
सर्वसाधरणलाई प्रारम्भिक शेयर (आईपीओ) निष्कासन गर्नुअघि घोराही सिमेन्ट इन्डस्ट्री लिमिटेडले उद्योग प्रभावित स्थानीय, वैदेशिक रोजगारीमा रहेका नेपाली र सामूहिक लगानी कोष (म्युचुअल फन्ड)का लागि शेयर बिक्री खुला गरेको थियो। तर, आरक्षण छुट्याइएको शेयर पनि शतप्रतिशत बिक्री नभएपछि त्यसलाई समेत थपेर सर्वसाधरणका लागि आईपीओ निस्कासन गरिएको थियो। पहिलो चरणमा १९ लाख ६ हजार ५१३ कित्ता शेयर बिक्री खुला गरेकोमा १० लाख ३२ हजार कित्ता मात्र आवेदन परेको कम्पनीले आफ्नो वेबसाइटमा राखेको आह्वानपत्रमा उल्लेख छ।
धितोपत्र बोर्डले घोराहीलाई वैशाख ६ गते प्रिमियम मूल्यमा आईपीओ जारी गर्ने स्वीकृति दिएको थियो। कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा ३०० रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता ४०० रुपैयाँका दरले उद्योग प्रभावित स्थानीयका लागि शेयर निष्कासनको अनुमति पाएको थियो।
त्यसैगरी, वैदेशिक रोजगारीमा रहेका नेपाली, म्युचुअल फन्ड, वैदेशिक रोजगारीमा रहेका नेपाली र सर्वसाधरणका लागि ४३५ रुपैयाँमा आईपीओ निष्कासन गर्ने स्वीकृति पाएको थियो। पहिलो चरणमा कम्पनीले वैशाख १९ गते उद्योग प्रभावित क्षेत्र दाङ तथा रोल्पाका स्थानीयलाई तीन लाख ९७ हजार १९० कित्ता शेयर निष्कासन गरेकोमा ७७ हजार २९० कित्ता मात्र बिक्री भएको छ।
आयोजना प्रभावितका लागि शेयर बिक्री खुला गरेको समयावधिमा मागअनुसार आवेदन नआएपछि समय थपिएको थियो। तर, उक्त अवधिमा समेत उनीहरूका लागि छुट्याएको शेयरमध्ये १९.४३ प्रतिशत मात्र बिक्री भयो। कम्पनीमै कार्यरत कर्मचारीहरूले पनि निकै कम मात्र शेयर खरिद गरे। कर्मचारीका लागि ३ लाख ७७ हजार ३३१ कित्ता शेयर छुट्याएकोमा १९ हजार ५३० कित्ता अर्थात ५.१८ प्रतिशत मात्र बिक्री भएको थियो।

Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
