जसपा अध्यक्ष उपेन्द्र यादवले तीव्र रूपले देशलाई आर्थिक क्रान्ति र समृद्धितर्फ लैजान जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारिणी राष्ट्रपतीय व्यवस्था हुनु जरुरी रहेको बताए।
काठमाडौं– जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले वर्तमान संसदीय प्रणालीले देशलाई समृद्ध र विकसित बनाउन नसकेको बताएका छन्।
शनिबार काठमाडौंमा चुनावी घोषणापत्र सार्वजनिक गर्दै जसपा अध्यक्ष यादवले वर्तमान संसदीय प्रणालीले देशमा राजनीतिक स्थिरता दिन नसकेको र गणतन्त्रलाई पनि बलियो बनाउन नसकेको बताएका हुन्।
"अहिलेको संसदीय प्रणालीले नेपालमा न राजनीतिक स्थिरता दिनसक्यो, न संघीय गणतन्त्रलाई बलियो बनाउन सक्यो, न आर्थिक विकासतर्फ नै मुलुकलाई बढाउनसक्यो," उनले भने, "आफ्नै अनुभवबाट पनि यो प्रणाली सफल हुन सकेको छैन।"
उनले तीव्र रूपले देशलाई आर्थिक क्रान्ति र समृद्धितर्फ लैजान जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारिणी राष्ट्रपतीय व्यवस्था हुनु जरुरी रहेको बताए। उनले समानुपातिक संसद् रहने र संसद्ले संसदीय कार्य व्यवस्थापिकीय कार्यमा सीमित रहने व्यवस्था लागू हुन जरुरी रहेको बताए।
अध्यक्ष यादवले स्वतन्त्र र निष्पक्ष न्यायालय, राजनीतिक हस्तक्षेप र कार्यकर्ताको नियुक्ति राजनीतिक प्रभावबाट मुक्त, स्वतन्त्र र सक्षम न्यायालयको व्यवस्था गर्नका लागि वर्तमान संविधान संशोधन गर्नु अपरिहार्य रहेको बताए।
अध्यक्ष यादवले देशको निर्वाचन प्रणालीलाई खिचडीको संज्ञा दिँदै निर्वाचन प्रणाली महँगो, विकृतिमुलक भएको बताए। उनले निर्वाचन प्रणालीलाई संशोधन गरेर समानुपातिक निर्वाचन प्रणालीतर्फ अघि बढ्नुपर्ने बताए। उनले न्यायालयको पुनः संरचना हुनुपर्ने बताए। उनले सात प्रदेशको संरचना अव्यावहारिक भएको उल्लेख गर्दै १० वटा प्रदेश हुनुपर्ने बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
