आफूमाथि आक्रमण गर्नेहरूको मुद्दा फिर्ता लिने सरकारको निर्णयविरुद्ध धर्ना दिन काठमाडौँ जिल्ला अदालत पुगेपछि उपप्राध्यापक प्रेम चलाउनेलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।
काठमाडौँ– त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेलाई प्रहरीले रिहा गरेको छ। आफूमाथि आक्रमण गर्नेहरूको मुद्दा फिर्ता लिने सरकार निर्णयविरुद्ध धर्ना दिन काठमाडौँ जिल्ला अदालत पुगेपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।
उपप्राध्यापक चलाउनेलाई प्रहरीले सोमबार बिहान अदालतभित्र होहल्ला र नारा जुलुस गरेको आरोप लगाउँदै नियन्त्रणमा लिएको थियो। प्रहरीले नियन्त्रणमा लिएर उनलाई प्रहरी वृत्त सिंहदरबारमा राखेको थियो। उनलाई शुक्रबार अपराह्न गणेश थापाको रोहबरमा प्रहरीले छाडेको हो। उनले न्यायका लागि अनशन शुरू गर्ने तयारी गरेका छन्।
पक्राउ पर्नुअघि उनले आफूमाथि आक्रमण गर्ने नेविसंघका कार्यकर्तामाथिको मुद्दा फिर्ता लिने मन्त्रिपरिषद्ले निर्णय गरेपछिको आफूले बाध्य भएर आन्दोलनमा उत्रिनुपरेको बताएका थिए। उनले आफूले पाँच वर्ष चक्कर काट्दा पनि न्याय नपाएको बताएका थिए।
“अदालतमा दर्ता भएको मुद्दा सरकारले फिर्ता लियो। अब म न्याय खोज्न कहाँ जाऊँ? त्यसले म समाजमा न्याय खोज्न आएँ। मेरा सबै बाटो बन्द भए। जे गर्छ अदालतले गर्छ भनेर म अदालततिर थिएँ। तर सरकारले शक्तिको दुरुपयोग गरेर न्याय मारेको छ,” उनले भनेका थिए।
चलाउनेमाथि २०७७ असोज २० मा नेविसंघ, त्रिभुवन विश्वविद्यालय इकाई समितिका तत्कालीन अध्यक्ष हरि आचार्य कार्यकर्ता योगेन्द्र रावल लगायत सात जनाको समूहले आक्रमण गरेको थियो। आक्रमणबाट चलाउनेको घाँटी, कम्मर, मुख, खुट्टालगायत शरीरका विभिन्न ठाउँमा चोटपटक लागेको थियो। उनी उपचारका लागि एक महिना अस्पताल भर्ना भएका थिए भने लामो समय बैसाखीको सहारामा हिँडेका थिए।
उक्त घटनापछि जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले कुटपिटमा संलग्नमाथि ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेको थियो। तर, उनीहरूलाई जिल्ला अदालतले सामान्य धरौटी लिएर छाडेको थियो। उक्त मुद्दाको अन्तिम सुनुवाइ असार ५ गते तोकिएकोमा सरकारले मुद्दा फिर्ता लिने निर्णय गरेको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
