महानगरले चालु आवमा राजस्व संकलन लक्ष्य १० अर्ब ४२ करोड ९५ लाख रुपैयाँ राखेको थियो। यसमध्ये सबैभन्दा धेरै प्रगति आन्तरिक आयतर्फ गरेको छ।
काठमाडौँ– काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षको ११ महिनामा आठ अर्ब राजस्व संकलन गरेको छ।
आन्तरिक आय, राजस्व बाँडफाँट र आन्तरिक अनुदान गरी आठ अर्ब २९ करोड ९५ लाख ५९ हजार रुपैयाँ राजस्व संकलन गरिएको राजस्व विभागका प्रमुख ध्रुव काफ्लेले जानकारी दिए। उनका अनुसार यो रकम महानगरको राजस्व लक्ष्यको ७९ प्रतिशत मात्रै हो।
महानगरले चालु आवमा राजस्व संकलन लक्ष्य १० अर्ब ४२ करोड ९५ लाख रुपैयाँ राखेको थियो। यसमध्ये सबैभन्दा धेरै प्रगति आन्तरिक आयतर्फ गरेको छ। आन्तरिक आयतर्फ ९८.८७ प्रतिशत हासिल गरेको जनाएको छ।
चार अर्ब ८५ करोड रुपैयाँ आन्तरिक आयको राजस्व लक्ष्यमध्ये चार अर्ब ७७ करोड उठाएको हो। जुन अघिल्लो आवको भन्दा एक अर्ब बढी भएको विभागले जनाएको छ।
विभागका अनुसार २०७८/७९ मा महानगरले तीन अर्ब ७२ करोड रुपैयाँ मात्रै आन्तरिक आय संकलन भएको थियो। महानगरले आन्तरिक आयतर्फ घर बहाल करमा एक अर्ब ९२ करोड १२ लाख ८० हजार राजस्व उठाएको छ।
यस्तै, सम्पत्ति करमा ९१ करोड ३३ लाख रुपैयाँ छ। राजस्व लक्ष्यमा पुग्न राजस्व बाँडफाँट भएर आउने रकमले असर परेको देखिएको छ। महानगरले बाँडफाँटबाट प्राप्त हुने राजस्वबाट एक अर्ब ५५ करोड ८९ लाख रुपैयाँ जम्मा गरेको छ।
राजस्व बाँडफाँट पाउनुपर्नेमा महानगरलाई प्राप्त भएको अघिल्लो आवको भन्दा झन्डै एक अर्बले कमी भएको देखिन्छ। गत आवमा राजस्व बाँडफाँटबाट प्राप्त हुने रकम एक अर्ब ७५ करोड ५४ लाख थियो। तर, यो पटक लक्ष्यको जम्मा ४५ प्रतिशत मात्रै महानगरलाई बाँडफाँट भएको हो।
महानगरको राजस्व विभागका अनुसार चालु आवको राजस्वको लक्ष्य भेट्न नसक्नुमा महानगरलाई प्राप्त हुने राजस्व बाँडफाँट हो। विभागका प्रमुख ध्रुव काफ्लेले महानगरले पर्याप्त आन्तरिक राजस्व उठाए पनि बाँडफाँट भएर आउने रकम कम हुँदा लक्ष्य प्राप्तिको दूरी टाढा भएको बताए।
राजस्व विभागका अनुसार चालु आवमा आन्तरिक अनुदानतर्फ एक अर्ब ९६ करोड ९६ लाख रुपैयाँ राजस्व जम्मा भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
