गौतम बुद्ध विमानस्थलको हवाई रुटबारे छलफल सकारात्मक: राजदूत श्रीवास्तव

दुई देशबीचको सांस्कृतिक सम्बन्धलाई अघि बढाउन आवश्यक रहेको र सोही अनुसार भारत अघि बढिरहेको राजदूत श्रीवास्तवको भनाइ छ। 

फाइल तस्वीर।

काठमाडौँ– नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको हवाई रुटबारे छलफल सकारात्मक दिशामा अघि बढिरहेको बताएका छन्।

योग दिवसका अवसरमा मंगलबार लुम्बिनीमा आयोजित कार्यक्रममा उनले भारत र नेपाल सरकारबीच हवाई रुटका बारेमा भइरहेको छलफल सकारात्मक रूपमा अघि बढिरहेको र सकारात्मक नतिजा आउने प्रतिबद्धता जनाएका हुन्।

दुई देशबीचको सांस्कृतिक सम्बन्धलाई अघि बढाउन आवश्यक रहेको र सोही अनुसार भारत अघि बढिरहेको राजदूत श्रीवास्तवको भनाइ छ। उनले पछिल्लो समय योगा नेपाल र भारतमा मात्रै नभई विश्वभर नै फैलिनु खुशीको विषय भएकोसमेत बताए।

“योगले नेपाल र भारतलाई जोडेको छ। साथै यसले विश्वभर जोडिँदै गएको छ। योग भारत र नेपालमा मात्रै होइन। विश्वभर प्रचलित छ,” उनले भने, “सांस्कृतिक सम्बन्धलाई नेपालसँग कसरी अघि बढाउने भन्ने बारेमा पनि हामीले छलफल गरिरहेका छौँ। हवाई रुटका बारेमा कुरा भइरहेको छ। यो छलफलबाट सकारात्मक वातावरण बन्नेछ।”

भारतले हरेक वर्ष लुम्बिनीमा योग दिवस मनाउन चाहेको राजदूत श्रीवास्तवको भनाइ छ।