प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरका लागि प्रतिनिधिसभा सदस्यलाई वर्णानुक्रम अनुसार हरेक समूहमा १५ जना रहनेगरी १७ समूहमा विभाजन गरिएको छ।
काठमाडौँ– प्रतिनिधिसभामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग प्रत्यक्ष प्रश्नोत्तर असार ८ गते (शुक्रबार) हुने भएको छ।
सभाको मंगलबार बसेको बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद ९ बमोजिम प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर सम्बन्धी कार्यक्रम शुक्रबार हुनेगरी निर्धारण गरेको जानकारी दिए।
प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरका लागि सम्पूर्ण सदस्यलाई वर्णानुक्रम अनुसार हरेक समूहमा १५ जना सदस्य रहनेगरी १७ समूहमा विभाजन गरिएको बताए। यो महिना भने समूह १ मा रहेका सदस्यको पालो रहेको सभामुख घिमिरेले बताए।
“समूह १ मा रहेका माननीय सदस्यले यस महिना प्रश्न सोध्नका लागि नियमावलीको नियम ५८ बमोजिम आजै दिनको पाँच बजेभित्र प्रतिनिधिसभाका सचिव समक्ष आफ्नो प्रश्न लिखित रूपमा दिन सक्नुहुने बेहोरा जानकारी गराउँछु,” सभामुख घिमिरेले भने।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
