परिवारमा एक जनाको मृत्यु भए दुई लाख र सोही परिवारका थप अन्य व्यक्तिको मृत्यु भएमा थप एक लाखको दरले राहत उपलब्ध गराउने व्यवस्था मिलाइएको छ।
काठमाडौँ– विपद्का घटनाबाट यसवर्ष हालसम्म १० जनाको मृत्यु भएको छ।
मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले विपद्का घटनाबाट हालसम्म १० जनाको मृत्यु भएको जानकारी दिए। त्यस्तै ६ जना घाइते, २६ जना बेपत्ता र ५४ घर पूर्ण रूपमा क्षति भएको छ।
असार २ गते राति देखिको अविरल वर्षाका कारण संखुवासभा, ताप्लेजुङ र पाँचथरमा बढी असर परेको गृहमन्त्री श्रेष्ठको भनाइ छ। “यसवर्ष नेपालमा २०८० जेठ ३१ मा मनसुन प्रवेश गरेको छ। अविरल वर्षाका कारण बाढी, पहिरो, डुबान लगायतका विभिन्न विपद्का घटनाबाट देशको पूर्वी भूभागका संखुवासभा, ताप्लेजुङ, पाँचथरलगायत जिल्लामा केही व्यक्तिको मृत्यु हुनुका साथै केही घाइते र बेपत्ता भएका छन्,” उनले भने।
गृहमन्त्री श्रेष्ठले विपद् पीडित उद्धार तथा राहत सम्बन्धी मापदण्ड, २०७७ अनुसार मृतकको परिवारलाई राहत उपलब्ध गराउने व्यवस्था मिलाइएको बताए। प्रभावित घरधुरीलाई पनि सोही मापदण्ड अनुरूप तत्काल पुनः स्थापनाका लागि रकम उपलब्ध गराइने पनि उल्लेख गरे।
“विपद् पीडित उद्धार तथा राहत सम्बन्धी मापदण्ड, २०७७ बमोजिम मृतकको परिवारमा एक जनाको मृत्यु भए दुई लाख र सोही परिवारका थप अन्य व्यक्तिको मृत्यु भएमा प्रतिव्यक्ति थप एक लाखको दरले राहत उपलब्ध गराउने व्यवस्था मिलाइएको छ," उनले भने, “घरवास क्षति भएकालाई तत्काल गुजाराको लागि प्रति परिवार १५ देखि २० हजार उपलब्ध गराउने व्यवस्था मिलाइएको छ।”
सरकारले स्थानीय तहलगायत सबै सरोकारवालासँग समन्वय गरी राहत, उद्धार तथा पुनर्स्थापनाको काम गरिरहेको गृहमन्त्री श्रेष्ठले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
