एमालेका सांसदहरूले लुम्बिनी प्रदेशको नाम नराखी प्रदेश ५ राखेर शहरी विकास मन्त्रालयको विनियोजन शीर्षक छलफलका लागि आएको भन्दै त्यसलाई नसच्याएसम्म छलफल अघि बढ्न नदिने अडान लिएका थिए।
काठमाडौँ– सभामुख देवराज घिमिरेले बजेट पुस्तिकामा भएका त्रुटिहरू तत्काल सच्याउन सरकारलाई निर्देशन दिएका छन्। मंगलबार १५ मिनेट स्थगित भई बसेको प्रतिनिधिसभा बैठकमा उनले शहरी विकास मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका बजेट पुस्तिकामा केही त्रुटि भएको उल्लेख गर्दै सच्याउन निर्देशन दिएका हुन्।
यसअघि बसेको बैठकमा एमालेका सांसदहरूले लुम्बिनी प्रदेशको नाम नराखी प्रदेश ५ राखेर शहरी विकास मन्त्रालयको विनियोजन शीर्षक छलफलका लागि आएको भन्दै त्यसलाई नसच्याएसम्म छलफल अघि बढ्न नदिने अडान लिएका थिए।
“हामी विनियोजन विधेयकअन्तर्गत विभिन्न मन्त्रालयगत छलफलमा छौँ। सम्बन्धित मन्त्रालयहरूबाट वार्षिक रूपमा सम्पादन हुने कार्यक्रम समावेश पुस्तिका उल्लेखित केही विषयहरू खासगरी प्रदेशसभाबाट पारित प्रदेशको नाम उल्लेख हुनुपर्नेमा सो नभएको विषयमा ध्यानाकर्षणसहित सच्याउनका लागि यस अघि निर्देशन भइसकेको छ। साथै त्यस्ता कुनै त्रुटिहरू भएमा तत्काल सच्याउन म पुनः निर्देशन गर्दछु।”
एमाले सांसदहरूले अवरोध गरेपछि यसअघि बसेको प्रतिनिधिसभा बैठकमा शहरी विकासमन्त्री सीता गुरुङले सो विनियोजन शीर्षकमा केही त्रुटि भए सच्याउने प्रतिबद्धता व्यक्त गरेकी थिइन्। त्यसबारे उल्लेख गर्दै सभामुख घिमिरेले अंकको सट्टा प्रदेशको नाम राखी आवश्यकताअनुसार सुधार सम्बन्धित मन्त्रालयलाई निर्देशन दिए।
“सभाको आजको कार्यसूचीमा रहेको शहरी विकास मन्त्रालयअन्तर्गत वार्षिक रूपमा सम्पादन हुने कार्यक्रमहरूको शीर्षकहरूमा प्रदेशको नाम हुनुपर्नेमा अंक उल्लेख भएको र यस विषयमा माननीय सदस्यहरूले प्रश्न उठाइसकेपश्चात् माननीय मन्त्रीले सदनलाई जानकारी गराउँदै सच्याउने प्रतिबद्धतासमेत व्यक्त गरिसक्नु भएकाले अंकको सट्टा प्रदेशको नाम राखी आवश्यकताअनुसार सुधार गर्न म सम्बन्धित मन्त्रालयलाई निर्देशन गर्दछु,” उनले भने।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
