नेप्से परिसूचक मंगलबार २६.५६ अंकले ओरालो लागेर २०६४.८३ अंकमा सीमित भएको छ।
काठमाडौँ– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार दोहोरो अंकले ओरालो लागेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक २६.५६ अंकले ओरालो लागेर २०६४.८३ मा सीमित भएको छ।
यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ४.३६ अंकले ओरालो लागेर ३८८.०२ मा सीमित भएको छ। कारोबार भएका कुल १३ उपसमूहमध्ये तीन उपसमूहको शेयर मूल्यमा वृद्धि हुँदा १० उपसमूहको शेयर मूल्यमा भने गिरावट आएको छ। कुल एक करोड सात लाख ९२ हजार ७४२ कित्ता शेयर चार अर्ब ११ करोड ६ लाख ६ हजार ९५३ मूल्यमा खरिद बिक्री भएका छन्।
नेप्सेका अनुसार कारोबारका आधारमा नेपाल पूर्वाधार बैंक शीर्ष स्थानमा छ। सो बैंकको २० करोड ५७ लाख ५३ हजार ९६१ रुपैयाँ बराबरको कारोबार भयो।
यस्तै, शिवम् सिमेन्ट १९ करोड ४४ लाख २७ हजार ३२१, हिमालयन डिस्टिलरी १३ करोड ५९ लाख ८८ हजार ३७८,आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स १२ करोड ६० लाख ६९ हजार १८६ र शिव श्री हाइड्रोपावर ११ करोड ५७ लाख दुई हजार २३३ रुपैयाँ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन्।
नेप्सेका अनुसार, सिटी होटल र बीपीडब्ल्यू लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि हुँदा सकारात्मक सर्किट लाग्यो। त्यस्तै, इन्ग्वा हाइड्रोपावर ९.९७, ग्लोबल आइएमई ब्यालेन्स फन्ड पहिलो २.८७ र ग्रीन भेञ्चर्स लिमिटेडका लगानीकर्ताले २.८४ प्रतिशतले कमाएका छन्।
यस्तै, युनिक नेपाल लघुवित्त ९.९९,सानिमा इक्विटी फन्ड ८.८९, माहुली लघुवित्त ७.४८,मल्टिप्रपोज फाइनान्स ६.३० र श्री इन्भेस्टमेन्ट फाइनान्सका लगानीकर्ताले ६.०१ प्रतिशतले गुमाएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
