आन्तरिक राजस्व विभागले घरजग्गामा प्राकृतिक व्यक्तिले तिर्ने पुँजीगत लाभकर नै अन्तिम कर हुने स्पष्ट पारेको छ।
काठमाडौँ– आन्तरिक राजस्व विभागले घरजग्गामा पनि प्राकृतिक व्यक्तिले तिर्ने पुँजीगत लाभकर नै अन्तिम कर हुने स्पष्ट पारेको छ।
विभागले घरजग्गा व्यवसायीहरूको संस्था नेपाल जग्गा तथा आवास विकास महासंघलाई पत्र पठाउँदै प्राकृतिक व्यक्तिले लगानी गरेको जग्गा तथा घरजग्गा बिक्री गर्दा हुने लाभमा साबिक बमोजिमकै कानूनी व्यवस्था कायम रहेको जनाएको हो।
त्यस्तो, कारोबारबाट भएको लाभमा नियमानुसार दाखिल भएको ५ प्रतिशत या ७.५ प्रतिशत पुँजीगत लाभकर अन्तिम हुने विभागले महासंघलाई लेखेको पत्रमा भनिएको छ।
आर्थिक विधेयक २०८० मा प्राकृतिक व्यक्तिले नियमित व्यवसायको रूपमा धितोपत्र, जग्गा तथा घरजग्गाको कारोबारको आय विवरण तथा कर दाखिल गर्न बाँकी रहेको भए आर्थिक वर्ष २०७६/७७ देखि २०७८/७९ सम्मको कारोबारको ५० प्रतिशत रकम आगामी चैतसम्म दाखिल गरेमा सोमा लाग्ने बाँकी कर, शुल्क मिनाहा हुने उल्लेख छ।
यसरी कर दाखिल गर्ने प्राकृतिक व्यक्तिको आर्थिक वर्ष २०७६/७७ भन्दा अघिको कर, शुल्क तथा ब्याज मिनाहा हुने आर्थिक विधेयकमा भनिएको थियो। यस व्यवस्थालाई लिएर व्यावसायिक रूपमा धितोपत्र, जग्गा तथा व्यावसायिक कारोबार गर्नेहरूले विरोध गरिरहेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
