चीनको छेन्दुबाट सिचुवान एयरलाइन्सको न्यारोबडी ए ३१९ जहाज बिहान ९:०६ मिनेटमा अवतरण भएको हो। जहाज चीनको छेन्दुबाट १३० जना यात्रु बोकेर पोखरा आएको हो।
काठमाडौँ– पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक अन्तर्राष्ट्रिय उडानको सफल अवतरण भएको छ।
बुधबार बिहान चीनको छेन्दुबाट सिचुवान एयरलाइन्सको न्यारोबडी ए ३१९ जहाज बिहान ९:०६ मिनेटमा अवतरण भएको हो। जहाज चीनको छेन्दुबाट राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित १३० जना यात्रु बोकेर पोखरा आएको हो।
फेवातालमा असार ८ र ९ गते आयोजना हुन लागेको ‘नेपाल चाइना ड्रागन बोट रेस फेस्टिभल’मा सहभागी हुने खेलाडीसमेत उक्त जहाजबाट आएका छन्। अंग्रेजी नयाँ वर्षबाट उडान शुरू भएको उक्त विमानस्थलमा अन्तर्राष्ट्रिय उडान भने हुन सकेको थिएन।

यो जहाज दुई घण्टा पोखरा विमानस्थलमा रहेर ११ बजे काठमाडौँ हुँदै चीन फर्किनेछ। विमानस्थल २२ अर्ब रुपैयाँ लगानीमा निर्माण भएको हो। विमानस्थल उद्घाटनको दिन हिमालय एयरलाइन्सले परीक्षण उडान गरेको थियो। उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण र सिचुआन एयरलाइन्सबीच असार १ गते सम्झौता भएको थियो।
उक्त एयरलाइन्सले चीनको छेन्दुबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चार्टर्ड उडानका लागि अनुमति पाएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
