दुई प्रतिद्वन्द्वी समूहबीच हिंसा भड्किँदा एउटा समूहले जेलको सेलमा आगो लगाइदिएपछि अधिकांशको जलेर मृत्यु भएको छ। कतिपयलाई भने गोली लागेको छ र केहीलाई छुरासमेत हानिएको छ।
होन्डुरसको केन्द्रीय महिला कारागारमा दंगा भड्किदा कम्तीमा ४१ जनाको मृत्यु भएको छ। त्यहाँ दुई प्रतिद्वन्द्वी समूहबीच हिंसा भड्किँदा एउटा समूहले जेलको सेलमा आगो लगाइदिएको थियो।
सरकारी वकिलको कार्यालयका प्रवक्ता युरी मोराका अनुसार अधिकांश मृतक जलेका छन्। केहीलाई गोली लागेको छ। कतिपय कैदीहरूको घाँटी थिचिएको छ भने, केहीलाई छुरा प्रहार पनि गरिएको छ।
मोराका अनुसर राजधानी तेगुसिगाल्पा नजिकैको तामारामा रहेको हिरासतमा मृत्यु हुनेको संख्या बढ्न सक्ने बताइएको छ। धेरै घाइतेलाई अस्पताल भर्ना गरिएको छ।
होण्डुरसमा सन् २०१९ मा यस्तै घटना भएको थियो। त्यतिबेला भएको झडपमा ४० जनाको मृत्यु भएको थियो।
त्यहाँको महिला कारागारमा हालैका वर्षहरूमा हत्या-हिंसाका घटनाहरू बढेका छन्। खासगरी दुई प्रतिद्वन्द्वी आपराधिक संगठनका महिला गिरोहका सदस्यहरूबीच भिडन्त हुने गरेको छ।
एमएस-१३ र १८ स्ट्रिट ग्याङहरूबीच लामो समयदेखि होन्डुरस र छिमेकी देशहरूमा हिंसा भड्काइरहेका छन्। ह्युमन राइट्स वाचद्वारा सन् २०२१ मा प्रकाशित होन्डुरसबारेको प्रतिवेदन अनुसार कारागारहरूमा अत्यधिक भीडभाड, अपर्याप्त पोषण, कमजोर सरसफाइ, कुटपिट, अन्तर-सामूहिक हिंसा र बन्दी हत्या चरम अवस्थामा छ।
राष्ट्रपति जिओमारा क्यास्ट्रोले यस घटनाले स्तब्ध भएको र जिम्मेवार अधिकारीहरूलाई जवाफदेही बनाउन कडा कदम चाल्ने बताएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
