कुवेतका लागि कप्तान खालिद हजिया, शबइब अल-खल्दी र मोहम्मद अब्दुल्लाहले गोल गरे। नेपालका लागि अञ्जन विष्टले सान्त्वना गोल फर्काए।
काठमाडौँ- साविक उपविजेता नेपाल साफ च्याम्पियनसिपको पहिलो खेलमा आमन्त्रित टोली कुवेतसँग ३-१ गोलअन्तरले पराजित भएको छ।
भारतको बैँग्लोरस्थित कान्तिरभा रंगशालामा बुधबार सम्पन खेलमा नेपाल बलियो प्रतिद्वन्द्वी कुवेतसँग पराजित भएको हो। कुवेतका लागि कप्तान खालिद हजिया, शबइब अल-खल्दी र मोहम्मद अब्दुल्लाहले गोल गरे। नेपालका लागि अञ्जन विष्टले सान्त्वना गोल फर्काए।
कुवेतले कप्तान हजियाको गोलमा २३औँ मिनेटमा अग्रता लिएको थियो। फवाज अलोतावीको कर्नरमा आएको बललाई अनमार्कमा रहेका हजियाले खाली पोस्टमा गोल गरेका थिए।
कुवेतले ४१औँ मिनेटमा अग्रता दोब्बर पार्यो। मोहम्मद अब्दुल्लाहको पासमा शबइब अल-खल्दीले काउन्टर अट्याकमा गोल गरे। ६४औँ मिनेटमा कुवेतले अग्रता तेब्बर बनायो। नेपालका डिफेन्डर अनन्त तामाङले डिबक्स भित्र हातले बल छोएपछि कुवेतले पेनाल्टी पायो। उक्त पेनाल्टीलाई अब्दुल्लाहले गोलमा परिणत गरे।
नेपालका लागि एक मात्र गोल ६७औँ मिनेटमा अञ्जनले गरे। अनन्तले लामो पासमार्फत् दिएको बल कुवेतका डिफेन्डरलाई लागेर अञ्जनको खुट्टामा पुगेको थियो। त्यस बललाई उनले कन्ट्रोलमा लिँदै गोल गरे।
उनको यो १२औँ अन्तर्राष्ट्रिय गोल हो। उनी नेपालका लागि अन्तर्राष्ट्रिय खेलमा सर्वाधिक गोल गर्ने खेलाडीकव सूचीमा तेस्रो स्थानमा छन्। उनीअघि हरि खड्का र निरञ्जन रायमाझीले १३/१३ गोल गरेका छन्।
अञ्जन कुवेतविरुद्ध गोल गर्ने तेस्रो खेलाडी बनेका छन्। सन् १९८२ को पहिलो अन्तर्राष्ट्रिय खेलमा वाईबी घलेले कुवेतविरुद्ध पहिलो गोल गरेका थिए। यस्तै, गत वर्ष दर्शन गुरुङले कुवेतविरुद्ध गोल गरेका थिए। दर्शन हाल अस्ट्रेलिया छन्।
जितसहित समूह 'ए' मा कुवेतले ३ अंक जोडेको छ।
कुवेत नेपालविरुद्ध अहिलेसम्म अपराजित छ। यसअघि कुवेतले नेपालविरुद्ध नौ खेलमा आठमा जित र एक खेलमा बराबरीको नतिजा निकालेको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
