उच्च अदालत पाटनको आदेशसँगै काठमाडौँ महानगरले हस्तक्षेप गरेर बन्द गराएको शैक्षिक मेला गर्न हिसानलाई बाटो खुलेको छ।
काठमाडौँ- उच्च अदालत पाटनले काठमाडौँ महानगरपालिकालाई हिसान शैक्षिक मेला नरोक्न अन्तरिम आदेश दिएको छ।
न्यायाधीश टेकप्रसाद ढुंगाना र रमेश ढकालको संयुक्त इजलासले बुधबार उक्त शैक्षिक मेला नरोक्न अन्तरिम आदेश जारी गरेको उच्च अदालत पाटनका प्रवक्ता तथा उपरजिष्ट्रार मन्दिरा शाहीले जानकारी दिए। अदालतको आदेशसँगै उच्च माध्यमिक विद्यालय एशोसिएसन (हिसान)लाई शैक्षिक मेला गर्ने बाटो खुलेको छ।
यसअघि, गत जेठ ३२ गतेदेखि काठमाडौँको भृकुटीमण्डपमा शुरू भएको उक्त शैक्षिक मेला काठमाडौँ महानगरपालिकाले हस्तक्षेप गरेर बन्द गराएको थियो। मेला शुरू भइसकेपछि महानगर प्रहरीले आगन्तुकलाई बाहिर निकालेर आयोजकलाई मेला रोक्न लगाएका थिए।
उक्त मेलामा एसईईको नतिजा प्रकाशन नभई कक्षा ११ को भर्ना लिएर ठगी गरेको महानगरले जनाएको थियो। मेलाका लागि काठमाडौँ महानगरसँग अनुमतिसमेत नलिएको भन्दै हस्तक्षेप गरिएको थियो।
त्यसविरुद्ध हिसानले उच्च अदालत पाटनमा रिट दायर गरेको थियो। हिसानको तर्फबाट वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ, रमेश बडाल, सुनील पोखरेल, रमण कर्णले बहस गरेका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
