चीनको उत्तरपश्चिमी शहर निङ्जियास्थित एक रेस्टुरेन्टमा ग्यास ट्यांकीको भल्भ बदल्ने क्रममा विस्फोट भएको सिन्ह्वा समाचार एजेन्सीले जनाएको छ।
चीनको उत्तरपश्चिमी शहर निङ्जियास्थित एक रेस्टुरेन्टमा भएको विस्फोटमा ३१ जनाको मृत्यु भएको छ।
बुधबार राति व्यस्त सडकमा रहेको रेस्टुरेन्ट ‘फुयांग बारबेक्यू’मा ग्यास चुहावट भएर विस्फोट भएको सिन्ह्वा समाचार एजेन्सीले जनाएको छ।
अन्य सात जना घाइते भएका छन्, जसमा एकको अवस्था गम्भीर रहेको स्थानीय अधिकारीहरूले बताएका छन्।
सिन्ह्वाका अनुसार दुई जना कर्मचारीले विस्फोट हुनुभन्दा एक घण्टाअघि ग्यासको गन्ध आएको रिपोर्ट गरेका थिए। ग्यास ट्यांकीको भल्भ भाँचिएको पाइएपछि भल्भ बदल्ने क्रममा विस्फोट भएको हो।
चिनियाँ राष्ट्रपति सी जिनपिङले घाइतेको उपचार गर्न र सुरक्षा निगरानीलाई सुदृढ गर्न निर्देशन दिएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
