२०५५ सालमा स्थापना भएको यस अस्पतालले प्रदेशअन्तर्गतका बिरामी प्रहरी कर्मचारीसँगै उनीहरूका परिवार र भूपू प्रहरीलाई उपचार सेवा प्रदान गर्दै आएको छ। सर्वसाधारणमा पनि सेवा विस्तार गर्ने लक्ष्य रहेको छ।
जानकी– द्वन्द्वको चपेटामा पर्दासमेत निरन्तर सेवा प्रदान गरेको लुम्बिनी प्रदेश प्रहरी अस्पताल पछिल्लो समय ओझेलमा परेको छ।
लुम्बिनी मात्र नभई कर्णाली र सुदूरपश्चिमका सबै प्रहरी परिवारका बिरामीलाई सेवा दिँदै आएको अस्पताल विकासमा सम्बन्धित निकायको ध्यान जान सकेको छैन। २०५५ सालमा स्थापना भएको यस अस्पतालले प्रदेशअन्तर्गतका बिरामी प्रहरी कर्मचारीसँगै उनीहरूका परिवार र भूपू प्रहरीलाई उपचार सेवा प्रदान गर्दै आएको छ।
अस्पतालका निर्देशक तथा एसएसपी डा अमिनकुमार श्रेष्ठका अनुसार प्रदेशभरका प्रहरी कर्मचारी बिरामी हुँदा सिधै काठमाडौँ गएर उपचार गराउन नपाउने व्यवस्था छ। उपचार सम्भव नभएको अवस्थामा मात्र काठमाडौँ पठाउने गरिएको उनले बताए। श्रेष्ठका अनुसार उक्त अस्पतालमा विशेषज्ञसहितको टोलीले बिरामीको उपचार गर्दै आएको छ। “कर्णाली प्रदेशमा प्रहरी अस्पताल स्थापना नभएकाले सो प्रदेशका सबै बिरामी यहाँ उपचारका लागि आउने गरेका छन्,” उनले भने।
लुम्बिनी प्रदेशलाई लक्षित गरी १५ शय्याको उक्त अस्पतालले अहिले कर्णाली र सुदूरपश्चिमका समेत प्रहरी र उनीहरूको परिवारका सदस्यको उपचार गर्दै आएको छ। “तीन प्रदेशका बिरामीको उपचार गर्नुपर्दा १५ शय्या अपुग भयो,” निर्देशक श्रेष्ठले भने, “बिरामीको चापलाई हेर्दा तत्काल अस्पताललाई ५० शय्याको बनाउनुपर्ने आवश्यकता छ।”
बिरामीको चापलाई मध्यनजर गर्दै उक्त अस्पताललाई ५० शय्याको बनाउनका लागि नेपाल प्रहरी अस्पताल केन्द्रीय कार्यालय महारजगञ्ज र प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरिएको श्रेष्ठले बताए। अस्पताललाई तीनवटै प्रदेशको स्वास्थ्य उपचारको ‘हब’ बनाउने योजना छ।
अस्पताल भित्रका प्रहरी विभागका प्रहरी चिकित्सकले नै सेवा दिँदै आएका छन्। छालाको रोग, स्त्री रोग, सर्जरी र मानसिक रोगको उपचारका लागि भने बाहिरबाट चिकित्सक बोलाएर सेवा दिँदै आएको श्रेष्ठले बताए। उनका अनुसार छालाको उपचार आइतबार, स्त्रीसँग सम्बन्धित रोगको उपचार बुधबार, सर्जरी बिहीबार हुन्छ भने मानसिक रोगको उपचार शुक्रबार हुने गर्छ।
चौबिसै घण्टा आपत्कालीन सेवामा रहेको उक्त अस्पतालले ल्याब, एक्सरे र फिजियोथेरापी सेवा प्रदान गर्दै आएको छ। अस्पतालको सेवालाई थप प्रभावकारी बनाउन लुम्बिनी प्रदेश सरकारले नौ करोडको भवन निर्माण गरिरहेको छ।
अस्पतालमा बिरामी कुरुवा घर र पार्किङको व्यवस्था नहुँदा समस्या भएको छ। “यसै अस्पतालबाट सर्वसाधारणलाई पनि स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्य छ,” श्रेष्ठले भने।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
