पूर्वबैंकर अनिलकेशरी शाह रास्वपा प्रवेश

पार्टी प्रवेश गरेसँगै शाहलाई प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी दिइएको रास्वपाले जनाएको छ।

काठमाडौँ– पूर्वबैंकर अनिलकेशरी शाह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेका छन्।

सभापति रवि लामिछानेले शाहलाई पार्टीको लोगो लगाइदिएर स्वागत गरेका हुन्। बालाजुस्थित रास्वपा केन्द्रीय कार्यालयमा बिहीबार बसेको संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकमा शाहलाई स्वागत गरिएको थियो। 

पार्टी प्रवेश गरेसँगै शाहलाई प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी दिइएको रास्वपाले जनाएको छ।

शाह यसअघि नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) थिए। रास्वपाले बिहीबार पहिलो स्थापना दिवस मनाउँदैछ।

सो अवसरमा दिउँसो १ देखि ५ बजेसम्म पार्टी केन्द्रीय कार्यालय बालाजुमा चियापान कार्यक्रम राखेको रास्वपाले जनाएको छ।