योग्य र क्षमतावान् मान्छेको एउटा प्रतिबद्ध समूह राजनीतिक दलका रूपमा आयो भन्ने कुराको जानकारी जनताले पाइसकेको लामिछानेले बताएका छन्।
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले एक वर्षको यात्रा अत्यन्त सकारात्मक रहेको बताएका छन्।
पार्टीको पहिलो स्थापना दिवसका अवसरमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा लामिछानेले अब आम नागरिकसम्म पुग्नुपर्ने चुनौती रहेको उल्लेख गरेका छन्।
“यो एक वर्षको यात्रा अत्यन्त सकारात्मक रह्यो। अब हामीलाई आम नागरिकसम्म पुग्नुपर्ने चुनौती छ,” उनले भने, “हाम्रा विचार, नीतिहरू हामी कुन ढंगले अगाडि बढ्दै छौँ आम नागरिकलाई बुझाउनुपर्ने छ।”
समाजमा परिवर्तनको घण्टी बजिसकेको लामिछानेको भनाइ थियो। “सुरुवात गर्दा हामीलाई विश्वास त थियो। तर त्यो विश्वास मतमा बदलिन्छ कि बदलिँदैन भन्ने कुराको हेक्का थिएन,” उनले भने, “समाजमा परिवर्तनको घण्टी बजिसकेको छ।”
योग्य र क्षमतावान् मान्छेको एउटा प्रतिबद्ध समूह राजनीतिक दलका रूपमा आयो भन्ने कुराको जानकारी जनताले पाइसकेको उनको भनाइ थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
