टस हारेर पहिला ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै ३३९ रन बनायो।
काठमाडौँ– शाई होप र निकोलस पुरनले दोहोरो शतकीय साझेदारी गरेपछि वेस्ट इन्डिजले आईसीसी एक दिवसीय विश्वकप छनोटमा नेपाललाई ३४० रनको लक्ष्य दिएको छ।
हरारे स्पोर्ट्स क्लबमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै ३३९ रन बनाएको हो।
वेस्ट इन्डिजका कप्तान होपले १३२ रन बनाए। उनले १२९ बलमा १० चौका ४ छक्का प्रहार गरे। उनी लङ अनमा भीम सार्कीबाट आउट भए।
यता, ९४ बलमा १० चौका र ४ छक्कासहित ११५ रन बनाएर पुरन रिटेन बलमा दीपेन्द्रसिंह ऐरीबाट क्याच आउट भए। उनीहरूबीच चौथो विकेटका लागि १७२ बलमा २१६ रनको साझेदारी भएको थियो।
ओपनर ब्रान्डोन किङ्स ३२ रनमा बोल्ड भए। अर्का ओपनर कायल मेयर्स १ रनमा मिडविकेटमा आउट भए। जोहन्सन चार्ल्स डक आउट भए। रोभमन पावेल १४ बलमा ३ चौका र १ छक्का प्रहार गर्दै २९ रनमा लङ अनमा आउट भए।
किमो पउल १ रनमा बोल्ड भए। जोसन होल्डर १६ रनमा अविजित रहे।
नेपालका ललितनारायण राजवंशीले ३ विकेट लिए। करण केसी, सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी र गुलशन झाले १/१ विकेट लिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
