एकीकृत समाजवादीको संसदीय दलको बैठकमा सांसदहरूले बजेट असन्तुलित भएको भन्दै यथास्थितिमा पारित गर्नु नहुने धारणा राखेका छन्।
काठमाडौँ– सत्तारूढ दल नेकपा एकीकृत समाजवादीका सांसदहरू यथास्थितिमा बजेट पारित नगर्ने पक्षमा उभिएका छन्। एकीकृत समाजवादीका सांसदहरू सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ को बजेट यथास्थितिमा पारित गर्नु नहुने पक्षमा उभिएका हुन्।
बिहीबार पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको संसदीय दलको बैठकमा बोल्दै सांसदहरूले बजेट असन्तुलित भएको भन्दै पारित गर्नु नहुने धारणा राखेका हुन्। बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै एकीकृत समाजवादीका सांसद राजेन्द्रप्रसाद पाण्डेले यस विषयमा अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री र अर्थमन्त्रीसँग कुरा गर्ने बताए।
“यथास्थितिमा यो बजेट पारित गर्नुहुन्न भन्ने खालको कुरा सबै साथीहरूले बताउनुभएको छ। यही विषयलाई लिएर हामीले अध्यक्ष तथा हाम्रो दलको नेतालाई भनेका छौँ– तपाईंले प्रधानमन्त्री, अर्थमन्त्रीहरूलाई समय राख्नुस्,” उनले भने। बजेट परिमार्जन गरी सन्तुलित बनाएर मात्रै पारित गर्नुपर्नेमा आफ्नो पार्टीले जोड दिएको उनले स्पष्ट पारे।
उनले बजेटकै कारण सत्ता समीकरण भने नटुट्ने बताए। तर बजेटमा भएको गलत कुरालाई सच्याउनुपर्ने उनको भनाइ छ। आगामी दिनमा निर्वाचित सांसदको सल्लाह, छलफल र जनतासँगको सल्लाहमा ल्याएको प्रतिवेदन बेगर बजेट बजेट बनाउनु नहुने उनले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
