साफ च्याम्पियनसिपको पहिलो खेलमा लेबनानले बंगलादेशलाई २–० गोल अन्तरले पराजित गरेको छ।
काठमाडौँ– आमन्त्रित टोली लेबनानले साफ च्याम्पियनसिपको पहिलो खेलमा बंगलादेशलाई पराजित गरेको छ।
भारतको बैंग्लोरुस्थित कान्तिरभा रंगशालामा सम्पन्न बिहीबारको पहिलो खेलमा समूह ‘बी’मा रहेको लेबनानले बंगलादेशलाई २–० गोल अन्तरले पराजित गरेको हो। लेबनानले दुवै गोल दोस्रो हाफमा गरेको थियो।
लेबनानले खेलको ७९औँ मिनेटमा शुरूआती अग्रता लिएको थियो। लेबनानका लागि कप्तान हसन मातुकले गोल गरे। उनी दोस्रो हाफमा मैदान प्रवेश गरेका थिए। उनले करिब डार्विचको पासमा गोल गरेका हुन्।
इन्ज्युरी समयको छैटौँ मिनेटमा खलिल बाडेरले गोल गर्दै लेवनानको जित पक्का गरे। उनले अबिदिन फरानको पासमा गोल गरेका हुन्।
समूह ‘बी’मा लेबनानले ३ अंक जोडेको छ। यही समूहमा बिहीबार भुटान र मालदिभ्सले प्रतिस्पर्धा गर्दै छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
