अमेरिकी तटरक्षकका अनुसार उक्त पनडुब्बी पानीमा डुबुल्की मारेको एक घण्टा ४५ मिनेटपछि सम्पर्कविहीन भएको थियो।
टाइटानिक पानीजहाजको भग्नावशेषतर्फ जाँदै गर्दा बेपत्ता पनडुब्बीमा सवार पाँचै जनाको मृत्यु भएको छ।
अमेरिकी तटरक्षकहरूले पनडुब्बीको भग्नावशेष फेला परेसँगै सबैको मृत्यु भएको पुष्टि भएको बीबीसीले जनाएको छ। टाइटानिक पानीजहाजको भग्नावशेष हेर्न धनाढ्य यात्रुसहित गएको पनडुब्बी गत आइतबारदेखि बेपत्ता भएको थियो।
पनडुब्बीमा पाकिस्तानी मूलका ब्रिटिस धनाढ्य दाउद शाहजादा, उनका छोरा सुलेमान, ब्रिटिस अर्बपति हमिश हार्डिङ, फ्रान्सको जनसेनामा काम गरेका पल–अन्री नार्गेओ र टाइटानिकसम्मको यात्रा गराउने ओशियनगेट कम्पनीका प्रमुख कार्यकारी स्टक्टन रश सवार थिए।
सन् १९१२ मा डुबेको टाइटानिकको भग्नावशेष पानीको सतहभन्दा तीन हजार ८०० मिटर गहिराइमा छ।
अमेरिकी तटरक्षकका अनुसार उक्त पनडुब्बी पानीमा डुबुल्की मारेको एक घण्टा ४५ मिनेटपछि सम्पर्कविहीन भएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
