प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरका लागि सम्पूर्ण सदस्यलाई वर्णानुक्रम अनुसार हरेक समूहमा १५ जना सदस्य रहनेगरी १७ समूहमा विभाजन गरिएको छ।
काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग प्रतिनिधिसभामा प्रत्यक्ष प्रश्नोत्तर हुँदैछ।
शुक्रबार बिहान ११ बजे बस्ने बैठकमा प्रधानमन्त्री दाहालले विभिन्न विषयमा सांसदले सोधेका प्रश्नको जवाफ दिन लागेका हुन्। प्रधानमन्त्रीलाई सोध्ने प्रश्न पहिला नै सांसदले टिपाउनु पर्ने प्रावधान रहेको छ।
प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ५६ बमोजिम प्रश्नोत्तर हुन लागेको हो। प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरका लागि सम्पूर्ण सदस्यलाई वर्णानुक्रम अनुसार हरेक समूहमा १५ जना सदस्य रहनेगरी १७ समूहमा विभाजन गरिएको छ।
आज समूह १ मा रहेका सदस्यको पालो रहेको संसद् सचिवालयले जनाएको छ। यस्तै प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफल पनि जारी रहनेछ।
शुक्रबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, गृह, रक्षा मन्त्रालय तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग र राष्ट्रपति एवं उपराष्ट्रपतिको कार्यालय शीर्षकमा छलफल हुने कार्यसूची छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
