एमाले सांसद अच्युतप्रसाद मैनालीले रुस–युक्रेन युद्धमा रुसको पक्षबाट नेपाली युवाको संलग्नताको विषयमा सरकारको जवाफ मागेका थिए।
काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अन्तराष्ट्रिय राजनीतिमा घटिरहेका घटनाहरूप्रति सरकारको ध्यान गएको बताएका छन्।
शुक्रबार प्रतिनिधिसभा बैठकमा सांसदले उठाएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले भने, “अन्तर्राष्ट्रिय राजनीतिमा घटिरहेका घटनाहरूप्रति नेपाल सरकारको गहिरो ध्यान छ।”
एमाले सांसद अच्युतप्रसाद मैनालीले रुस–युक्रेन युद्धमा रुसको पक्षबाट नेपाली युवाको संलग्नताको विषयमा सरकारको जवाफ मागेका थिए। यस्तै प्रधानमन्त्री दाहालले बाढी पहिरो रोक्नका लागि विकासको मोडालिटी भौगोलिक अवस्थितिको अध्ययन गरेर मात्रै बनाउनु पर्ने आवश्यकता देखिएको बताएका छन्।
सरकार र स्थानीय तहले मुलुकको भौगोलिक अवस्थितिको बारेमा अध्ययन नगरी विकास मोडालिटी बनाएर बाढी पहिरोका घटना दोहोरिइरहने अवस्था देखिएको उनको भनाइ छ।
“भौगोलिक अवस्थितिका बारेमा अध्ययन गरेर गम्भीर रूपमा नसोच्ने हो भने यस्ता घटनाको पुनरावृत्ति हुन्छ। यसमा नेपाल सरकारको गम्भीर रूपले ध्यानाकर्षण भएको छ। सबै मान्यसदस्यहरूले यो विषयलाई दीर्घकालीन रूपमा विचार गर्न जरुरी छ,” प्रधानमन्त्री दाहालले भने।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
