पहाडी भेगमा डोजर चालक आफैँ इन्जिनियर बनेर सडक खन्ने काम गर्दा त्यहाँ पहिरो जाने क्रम बढेको सांसद खतिवडाको भनाइ छ।
काठमाडौँ– कांग्रेस सांसद रामहरि खतिवडाले इन्जिनियरिङ सर्भेविना सडक निर्माण गर्ने काम तत्काल बन्द गर्न सरकारसँग माग गरेका छन्।
पहाडी जिल्लामा इन्जिनियरिङ सर्भेविना सडक निर्माणको काम हुँदा वृहत् रूपमा पहिरो जानेक्रम बढेर गएकाले त्यसलाई तत्काल बन्द गर्नुपर्ने बताएका हुन्। शुक्रबार प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर बोल्दै खतिवडाले डोजर चालक आफैँ इन्जिनियर बनेर सडक खन्ने काम गर्दा त्यहाँ पहिरो जाने क्रम बढेको बताए।
सांसद खतिवडाले पहिरोको जोखिममा परेका ओखलढुंगा विलन्दुका स्थानीय बासिन्दालाई सुरक्षित ठाउँमा स्थानान्तरण गर्न उनले सरकारको ध्यानाकर्षण गराए। गएराति पहिरोले बगाउँदा सो गाउँका रणबहादुर गुरुङ र उनका परिवारका अन्य ३ जना सदस्यको ज्यान गएको छ।
सो घटनाका कारण ठूलो धनजनको क्षति भएको उल्लेख गर्दै सांसद खतिवडाले सो ठाउँमा उचित राहतको आवश्यक व्यवस्था मिलाउन माग गरे। “अहिले डोजर चालक आफैँ नै इन्जिनियर भएर बाटो खन्दाको परिणाम सबैतिर यो समस्या आएको छ,” उनले भने, “त्योबारे पनि सरकारको ध्यान जाओस् भनेर अनुरोध गर्न चाहन्छु।”
सांसद खतिवडाले वर्षात् शुरू भएपछि सडक खन्ने र पुर्ने काम नगर्न पनि सरकारसँग आग्रह गरे।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
