पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउन नसकिरहेका बेला थप विमानस्थल बनाउन आवश्यक नभएको सांसद सिंहको भनाइ छ।
काठमाडौँ– प्रतिनिधिसभाका सदस्य डा. अमरेशकुमार सिंहले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउन आवश्यक नभएको बताएका छन्।
बुधबार प्रतिनिधिसभा बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, गृह मन्त्रालय, रक्षा मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, राष्ट्रिय योजना आयोगको विनियोजन शीर्षक माथिको छलफलका भाग लिँदै उनले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा आफ्नो आपत्ति रहेको बताए।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलले काम गर्न नसकिरहेका बेला थप विमानस्थल बनाउन आवश्यक नभएको सांसद सिंहको तर्क थियो। उनले बजारमा अहिले पनि निजगढ विमानस्थल बनाउने कुरा चलिरहेको तर विदेशीको ऋण लिएर त्यो काम गर्न आवश्यक नभएको बताए।
सांसद सिंहले के भैँसी चराउन विमानस्थल बनाउन लागिएको हो भन्दै सरकारलाई प्रश्नसमेत गरे। “अहिले पनि बजारमा भनिएको छ कि निजगढ एयरपोर्ट बनाउने। के त्यहाँ भैँसी चराउनका लागि एयरपोर्ट बनाउने ? मधेशमा भैँसी धेरै पाउँछ।”
सांसद सिंहले फास्ट ट्र्याक जोड्नका लागि मात्र निजगढमा विमानस्थल आवश्यक नभएको उल्लेख गरे। उनले हवाई उडानको सुरक्षामा विशेष ध्यान दिन सरकारलाई सचेत गराए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
