रास्वपाका सभापति रवि लामिछानेले प्रधानमन्त्री दाहाल जनतालाई राहत दिने, मुलुकको महत्त्वपूर्ण मुद्दाहरूमा केन्द्रित हुनेभन्दा पनि सत्ता टिकाउने काममा अलमलिएको आरोप लगाए।
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सत्ता टिकाउने खेलमा अल्झिएको आरोप लगाएका छन्।
सत्ता टिकाउनकै लागि प्रधानमन्त्री दाहालले सत्तारुढ दलभित्रै अर्को गठबन्धन बनाउनु परेको, नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानलाई कमजोर बनाउँदै लगेको, भारत भ्रमणलाई ठूलो उपलब्धिको रूपमा चित्रण गर्न प्रयास गरेको उनको बुझाइ थियो।
शुक्रबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, राष्ट्रपति कार्यालय, गृह मन्त्रालय, रक्षा मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, राष्ट्रिय योजना आयोगको विनियोजन शीर्षक माथिको छलफलमा भाग लिँदै उनले प्रधानमन्त्री दाहाल जनतालाई राहत दिने, मुलुकको महत्त्वपूर्ण मुद्दाहरूमा केन्द्रित हुनेभन्दा पनि सत्ता टिकाउने काममा अलमलिएको आरोप लगाए।
“सरकार जनतालाई राहत दिने, मुलुकका महत्त्वपूर्ण मुद्दाहरूमा केन्द्रित रहनेभन्दा पनि सरकारले आफूलाई टिकाउनुपर्ने जिम्मेवारी बढी भएका कारणले सरकार कता–कता अलमलिएको हो कि? भन्ने कुरा म सम्माननीय सभामुख महोदयमार्फत सदनलाई जानकारी गराउन चाहन्छु,” उनले भने।
सभापति लामिछानेले राज्यका संयन्त्रहरूले राम्रोसँग काम गर्न नसकेपछि आफूले नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिनका लागि संसदीय विशेष समिति गठन गर्न माग गरे पनि सरकारले बेवास्ता गरेको बताए। राष्ट्रको महत्त्वपूर्ण मुद्दाहरूलाई छाडेर सरकार किन अलमलिएको छ? भनी प्रश्नसमेत गरे।
“प्रधानमन्त्री धेरै कुरामा अल्झिनु भयो। गठबन्धनभित्र मिलाउने कुरामा, गठबन्धनभित्रै अझ केही तलमाथि पर्न लागेको हो कि भन्ने कुरामा प्रधानमन्त्रीको ध्यान गएको हो कि!” उनले भने।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
