उपाध्यक्ष पौडेलले निर्वाचनपछि राप्रपा र जसपासँग मिलेर एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा सरकार बन्ने बताए।
रूपन्देही– नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा आफ्नो पार्टी एक्लैले बहुमत ल्याउने दाबी गरेका छन्।
रूपन्देही-२ का प्रतिनिधिसभाको प्रत्यक्षतर्फका उम्मेदवारसमेत रहेका पौडेलले आगामी निर्वाचनमा एमाले एक्लैले बहुमत ल्याउने र राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादीसँगै मिलेर सरकार बनाउने जिकिरसमेत गरे।
शनिबार बुटवलमा आयोजित खेलाडी, प्रशिक्षक र खेलप्रेमीको भेलामा उनले भने, "नेकपा एमाले एक्लैले आगामी निर्वाचनमा बहुमत ल्याउँछ। एक्लैले सरकार बनाउने हैसियत राख्दछ। तर, यो निर्वाचनमा हामी राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेपालसँग पनि सहकार्य गरेका छौँ।"
उपाध्यक्ष पौडेलले निर्वाचनपछि पार्टी अध्यक्ष केपी ओलीको नेतृत्वमा सरकार बन्ने उल्लेख गर्दै त्यसपछि मुलुकको समृद्धिको अभियानले गति लिने विश्वाससमेत व्यक्त गरे।
उनले निर्वाचनपछि बन्ने एमाले नेतृत्वको सरकारले खेलकुद क्षेत्रको विकासको माध्यामबाट मुलुकको प्रतिष्ठालाई अझै उचाइमा पुर्याउने आश्वासनसमेत दिए। एमालेलाई फराकिलो मतान्तरले विजयी गराउनका लागि सहयोग गर्न खेलाडीलाई आग्रहसमेत गरे।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
