गुएराका अनुसार सुआरेजले आफ्नो चोटबारे धेरै पटक जानकारी दिएका थिए। चोट गम्भीर रहेको आशंका गर्दै सुआरेजको घुँडाको शल्यक्रिया पनि आवश्यक पर्न सक्ने उनले बताए।
काठमाडौँ– ब्राजिलियन क्लब ग्रेमियोका अध्यक्ष अल्बर्टा गुएराले उरुग्वेका स्टार फरवार्ड लुइस सुआरेज अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिने स्थितिमा पुगेको बताएका छन्। ३६ वर्षीय सुआरेज हाल दाहिने घुँडाको चोटबाट संघर्ष गरिरहेका छन्। “सुआरेज चोटबाट निको हुन दैनिक सुइ लगाइरहेका छन्,” उनले भने।
ग्रेमियोबाट खेलिरहेका सुआरेज पछिल्लो समय खराब लयसँग संघर्ष गरिरहेका छन्। सुआरेजले ग्रेमियोका लागि सबै प्रतियोगितामा २६ खेल खेलिसकेका छन्। उनले हालै चोटका कारण ६ खेल गुमाएका थिए। गुएराका अनुसार सुआरेजले आफ्नो चोटबारे धेरै पटक जानकारी दिएका थिए। चोट गम्भीर रहेको आशंका गर्दै सुआरेजको घुँडाको शल्यक्रिया पनि आवश्यक पर्न सक्ने उनले बताए।
“उनी उत्कृष्ट खेलाडी हुन्। तर, चोटका कारण उनले संन्यास लिन सक्छन्। उनले संन्यास लिए हाम्रा लागि ठूलो घाटा हुनेछ। उनी उत्कृष्ट खेलाडी हुन्,” उनले भने। यद्यपि, उनले बिहीबार ब्राजिलियन लिग खेलमा अमेरिका एमजीविरुद्ध खेलेका थिए। उनले ६९औँ मिनेटमा एक गोल गरे। उक्त खेलमा ग्रेमियो ३-१ गोलअन्तरले विजयी भएको थियो।
मिडफिल्डर जोओ पाउलो बिटेलोका अनुसार सुआरेजले दुखाइका बारेमा पटक पटक गुनासो गर्दै आएका छन्। यद्यपि, उनी अझै केही समय फुटबल खेल्न चाहन्छन्। “सुआरेजले संन्यास लिनेबारे कहिल्यै कुरा गरेनन्। तर, प्रशिक्षण सत्रहरूमा उनले घुँडाको दुखाइका बारेमा गुनासो गर्छन्। उनको खुट्टामा ओभरलोड छ। यद्यपि, उनको राम्रो करिअर चलिरहेको छ। त्यसैले यो चोट गम्भीर नहोस् भनेर उनले ख्याल गर्नुपर्छ,” उनले भने।
पोर्टो एलेग्रे शहरमा रहेको ग्रेमियो गत नोभेम्बरमा सकिएको ब्राजिली सिरी ‘बी’ बाट बढुवा भएको क्लब हो। क्लबसँग सुआरेजको सम्झौता २०२४ को अन्त्यमा सकिँदै छ। डिफेन्डर रेनाल्डो सुआरेजले सम्झौता अवधिभरसम्म क्लबबाट खेल्ने अपेक्षा राखेका छन्। “सुआरेजसँग हरेक पलको मजा लिइरहेका छौँ। उनले यो वर्ष र अर्को सिजन हामीसँग खेल्ने छन् भनेर हामी आशा गर्छौँ। उनीबाट हामीले धेरै सिकेका छौँ,” उनले भने।
विभिन्न युरोपियन क्लबहरूमा खेदेपछि उनी आफ्नो डेब्यू क्लब नासिनियोलमा फर्किएका थिए। उनले त्यसअघि डच क्लब आयक्स, इंग्लिस क्लब लिभरपुल, क्याटलान क्लब बार्सिलोना र स्पेनिस क्लब एट्लेटिको मड्रिडबाट व्यावसायिक फुटबल खेलिसकेका छन्।
नासियोनलमा दोस्रो सत्रमा तीन महिना बिताएका उनले त्यहाँ रहँदा टोलीलाई उरुग्वेन च्याम्पियनसिप जिताए। उनले १६ खेलमा ८ गोल गरे।
सुआरेजले कतार विश्वकप पनि खेलेका थिए। तर, समूह चरणको तीनै खेल खेले पनि उनले गोल गर्न सकेनन्। उरुग्वे समूह चरणबाटै बाहिरिएको थियो। सन् २००७ देखि उरुग्वेको टोलीमा रहेका सुआरेजले १३७ खेलमा ६८ अन्तर्राष्ट्रिय गोल गरेका छन्।
उनले दक्षिणी ब्राजिल टोलीका लागि २६ खेल खेलेका छन् र १२ गोल गरेका छन्। उनी अमेरिकी क्लब इन्टर मियामी जाने हल्ला चलेको थियो। मियामीमा सुआरेजका पूर्वसहकर्मी लिओनल मेस्सी पुगेका छन्। तर, सुआरेजले यो महिनाको शुरूआतमा मियामी जान असम्भव रहेको बताएका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
