एमाले सचेतक महेशकुमार बर्तौलाले वर्तमान सरकारको आयु वर्ष नभएर केही दिनसम्म मात्रै रहेको बताएका छन्।
काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेकपा एमाले वर्तमान सरकारको आयु धेरै नरहेको बताएका छन्।
शुक्रबार संसद् भवनबाहिर सञ्चारकर्मीहरूसँगको कुराकानीमा एमालेका सचेतक महेशकुमार बर्तौलाले वर्तमान सरकारको आयु वर्ष नभएर केही दिनसम्म मात्रै रहेको बताएका हुन्। उनले वर्तमान सरकार जनादेश अनुसार नबनेको उल्लेख गर्दै भने, “सरकारको आयु केही दिनको मात्रै रहेको छ।”
उनले सरकारले जनतालाई डेलिभरी दिन नसकेको मात्रै नभएर राष्ट्र हितको प्रवर्द्धन गर्न नसकेको उल्लेख गर्दै मुलुकको विकास, सुशासन र समृद्धिको पथमा हिँडाउन योग्यता प्रदर्शन गर्न नसकेको बताए। उनले बजेटमार्फत देशलाई आर्थिक समस्या समाधान गर्छ भन्ने सन्देश दिनसमेत नसकेको भन्दै सरकार अस्थिर, कमजोर बनेको आरोप लगाए। उनले अब वर्तमान सरकारको विकल्प आवश्यक देखिएको बताए।
उनले वर्तमान सरकार एमालेलाई पाँच वर्ष टिकोस् भन्ने भए पनि परिस्थितिले सरकारको आयु लामो नदेखिएको बताए। उनले जनताको जनादेश अनुसार सरकार बनाउँदा स्थिर सरकार बनाउन सक्छ भन्ने एमालेको धारणा रहेको उल्लेख गरे। उनले वर्तमान सरका अन्तर्विरोध, असमझदारी र सत्ता गठबन्धन दलका बीचमा अविश्वासले आक्रान्त भएको बताए।
नेकपा एमालेले सरकार ढाल्ने काममा नलाग्ने उनको भनाइ थियो। उनले सरकारको नेतृत्व प्रधानमन्त्री पुष्पकमल दाहालले गरे पनि नयाँ गुट सिर्जना गरेको आरोप लगाए। उनले एमालेलाई नेपाली कांग्रेसको माया लागेको बताए।
बजेट आनन्दले पास हुन्छ: माओवादी सांसद सापकोटा
यसैबीच नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले एमाले र कांग्रेसको सरकार बन्ने विषय आधारहीन बहस भएको टिप्पणी गरे। उनले सरकार परिवर्तन हुने विश्लेषण गर्न मिले पनि अहिले तत्काल एमाले र कांग्रेसका बीचमा सत्ता साझेदारी गर्ने तहको धरातल विकास नभएको दाबी गरे।
उनले सत्ता समीकरण गर्ने संवाद भयो भन्ने पनि एमाले माओवादीको पनि सधैँ संवाद भइरहेको तर्क गरे। “इमानदारीपूर्वक आफ्नो कार्यकाल सम्पन्न गरेपछि प्रधानमन्त्रीले हस्तान्तरण गर्नुहुन्छ। अर्को चरणमा नेपाली कांग्रेसले नेतृत्व गर्छ,” उनले भने।
उनले सरकारले ल्याएको बजेट असन्तुलन भएको कुरा माओवादीले पनि बोलेको भन्दै बजेट पास नहुने भन्ने नभएको बताए। उनले नेकपा (एकीकृत समाजवादी) पार्टी बजेट पास गर्न नदिने निर्णय नगरेको भन्दै १२ गते बजेट पास हुने दाबी गरे।
“नेकपा समाजवादी पार्टी बजेट पास गर्न नदिने निर्णय गरेको छैन। मैले पनि निःशर्त बजेट समर्थन गर्न सकिँदैन भनेको छु। तर १२ गते बजेट आनन्दले पास हुन्छ। असन्तुलन रहेका क्षेत्रमा सहजता बनाउने गरी बजेट पास हुन्छ,” उनले भने।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
