पोखरीमा डुबेर २ बालकको मृत्यु

गर्मी छल्नका लागि पोखरीमा पौडी खेल्ने क्रममा दुवैजना डुबेको हुनसक्ने प्रहरीले जनाएको छ। 

सांकेतिक तस्वीर

नवलपुर– नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकामा पोखरीमा डुबेर दुई बालकको मृत्यु भएको छ।

गैँडाकोट–३ स्थित तात्रीबासको सिँचाइ पोखरीमा डुबेर शुक्रबार साँझ दुई बालकको मृत्यु भएको वडाध्यक्ष शिवकान्त तिवारीले जानकारी दिए।

पोखरीमा डुबेका करिब १३/१४ वर्षका बालकको सनाखत हुनसकेको छैन। गर्मी छल्नका लागि पोखरीमा पौडी खेल्ने क्रममा दुर्घटना भएको हुनसक्ने प्रहरीले जनाएको छ।

घटनाबारे अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी सन्तोष पाठकले जानकारी दिए।