गत वर्षदेखि ‘ब्ल्याक सी’ क्षेत्रको मुख्य आधारको सुरक्षामा रुसी नौसेनाले ठूलो लगानी गरेको बेलायती गुप्तचर सेवाले जनाएको छ। सोही स्थानमा डल्फिनलाई तालिम दिइरहेकाे दाबी गरेको छ।
युक्रेनी सेनाको सामना गर्न रुसले आफ्नो नियन्त्रणमा रहेको क्रिमियाली प्रायद्वीपमा लडाकु डल्फिनलाई प्रशिक्षण दिइरहेको बेलायतले दाबी गरेको छ।
गत वर्षदेखि सेवस्तोपोलमा रहेको ‘ब्ल्याक सी’ क्षेत्रको मुख्य आधारको सुरक्षामा रुसी नौसेनाले ठूलो लगानी गरेको बेलायती गुप्तचर सेवाले जनाएको हो।
“बन्दरगाहको प्रवेशद्वारमा कम्तीमा चार तहको तारबार लगाइएको छ। हालैका हप्तामा, प्रशिक्षित समुद्री स्तनधारीको बढ्दो संख्याले यी प्रतिरक्षामा पनि वृद्धि भएको देखिन्छ,” उक्त बेलायती संस्थाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “चित्रहरूले बन्दरगाहमा तैरिरहेका स्तनपायीको संख्या लगभग दोब्बर भएको देखाउँछ, जसमा बोतल–नाक भएका डल्फिन हुन सक्छन्।”
ती जनावर शत्रुका गोताखोरको सामना गर्ने उद्देश्यले बनाइएको हुनसक्ने बताइएको छ। रुसी नौसेनाले आर्कटिक जलक्षेत्रमा विभिन्न अभियानका लागि बेलुगा ह्वेल र सीलको प्रयोग गरेको छ।
सन् २०१९ मा नर्वेमा भेटिएको हार्नेस लगाएको ह्वेल गत महिना स्विडेनको तटमा पुनः देखा परेको थियो। नर्वेलीले यसलाई ‘ह्वाल्डिमिर’ उपनाम दिएका छन्। ह्वाल्डिमिरको हार्नेसमा एक्सन क्यामेरा राख्नका लागि उपयुक्त उचाइ थियो, र प्लास्टिकको त्यान्द्रोमा ‘उपकरण सेन्ट पीटर्सबर्ग’ लेखिएको थियो।
सन् २०१६ मा रुसको रक्षा मन्त्रालयले सोभियत कालको सैन्य कार्यका लागि अत्यधिक बुद्धिमान सिटासियनको प्रयोगलाई पुनर्जीवित गर्ने प्रयासको एक भागका रूपमा पाँचवटा डल्फिन किन्ने प्रयास गरेको थियो।
सोभियत संघ र संयुक्त राज्य अमेरिका दुवैले शीतयुद्धका समयमा डल्फिनको प्रयोग गरेका थिए, जसले उनीहरूलाई पनडुब्बी, खानी, बन्दरगाह र जहाजको नजिक शंकास्पद वस्तु वा व्यक्ति पत्ता लगाउन प्रशिक्षण दिएका थिए।
सोभियत संघका एक अवकाशप्राप्त कर्णेलले एएफपीलाई बताएअनुसार मस्कोले डल्फिनलाई शत्रुका जहाजमा विस्फोटक पदार्थ राख्न तालिमसमेत दिएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
