युक्रेन द्वन्द्वअघि नै रुसलाई ड्रोन पठाएको हो : इरानी विदेशमन्त्री

इरानका विदेशमन्त्री हुसेन आमिरले रूस–युक्रेन संकट समाधानका लागि इरानको अडान दोहोर्‍याउँदै दुवै देशबीच राजनीतिक संवादका लागि आह्वान गरेका छन्।

इरानका विदेशमन्त्री हुसेन आमिर अब्दुल्लाहियानले युक्रेन द्वन्द्व शुरु हुनुभन्दा केही महिनाअघि नै इरानले रुसलाई सीमित संख्यामा ड्रोन उपलब्ध गराएको बताएका छन्।

इरानको सरकारी समाचार संस्था आइआरएनएले अमिर अब्दोल्लाहियानलाई उद्धृत गर्दै भनेको छ, “हामीले रूसलाई दिएको ड्रोन युक्रेन युद्ध शुरु हुनुभन्दा केही महिनाअघिका हुन् र यदि रुसले युक्रेनविरुद्धको युद्धमा इरानी ड्रोन प्रयोग गरेको प्रमाणित भयो भने हामी त्यसप्रति अनौठो मान्ने छैनौँ।”

शनिबारदेखि इरानको राजधानी तेहरानमा शुरु भएको बैठकमा इरानी वरिष्ठ कूटनीतिज्ञले भने, “हामी युक्रेनी विदेशमन्त्रीसँग सहमत भएका छौं कि यदि उनीहरूसँग रुसले युक्रेनमा इरानी ड्रोन प्रयोग गरेको कुनै कागजात छ भने उनीहरूले हामीलाई उपलब्ध गराउनुपर्छ।”

युक्रेन र संयुक्त राज्य अमेरिकाजस्ता पश्चिमी राष्ट्रहरूले हालैका हप्ताहरूमा तेहरानले युक्रेनमा जारी द्वन्द्वमा प्रयोग गर्न मस्कोमा आत्मघाती ड्रोन निर्यात गरेको आरोप लगाएपछि इरानी विदेशमन्त्रीको टिप्पणी आएको हो।

शनिबार अब्दुलाहियानले रूसलाई इरानी क्षेप्यास्त्र आपूर्तिबारे पश्चिमा ‘मिडिया हाइप’लाई अस्वीकार गर्दै भने, “क्षेप्यास्त्रका बारेमा उनीहरूले जे भनेका छन्, त्यो सरासर गलत छ।”

उनले रूस–युक्रेन संकट समाधानका लागि इरानको अडान दोहोर्‍याउँदै दुवै देशबीच राजनीतिक संवादका लागि आह्वान गरेका छन्।

संयुक्त राष्ट्रसंघको बडापत्रको संरक्षण, संवर्द्धन र प्रतिरक्षा गर्ने उद्देश्यका साथ भन्दै मार्च २०२१ मा १९ सहयोगी राष्ट्रहरूहरूको समूह गठन भएको छ।