‘जान्नेलाई छान्ने’ काम गरियो भने राम्रा मानिसहरू पदमा आउने र त्यसले पार्टीलाई पहिलो शक्तिको रूपमा स्थापित गराउने रास्वपा सभापति लामिछानेको भनाइ छ।
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले २०८४ सालको निर्वाचनमा आफ्नो पार्टी पहिलो पार्टी बन्ने दाबी गरेका छन्।
शनिबार काठमाडौँमा आयोजित पार्टीको धादिङ–काठमाडौँ सम्पर्क भेलामा बोल्दै उनले सभापति लामिछानेले २०८४ सालको निर्वाचनमा पार्टीलाई मुलुकको पहिलो शक्ति बनाउनका लागि पार्टीका नेता–कार्यकर्ताहरू असल मानिसका लागि पद त्याग गर्ने हृदय र सोच लिएर अघि बढ्नुपर्ने बताएका हुन्।
“कुनै पनि बेला असल मानिसका लागि मैले अहिले लिइरहेको पद र जिम्मेवारी उसलाई दिएर म उसको सहयोगी हुन सक्छु, कम्तिमा पनि २०८४ सालसम्म यो हृदय र यो सोच तपाईंहरूसँग छ भने यो पार्टीलाई यो मुलुकको एक नम्बरको पार्टी, पहिलो पार्टी बन्न कसैले रोक्न सक्दैन,” उनले भने।
सभापति लामिछानेले ‘जान्नेलाई छान्ने’ काम गरियो भने राम्रा मानिसहरू पदमा आउने र त्यसले पार्टीलाई पहिलो शक्तिको रूपमा स्थापित गराउने तर्क गरे। उनले आफ्नो पार्टीलाई कुनै पनि तागतले लडाउन नसक्ने जिकिर गरे। लडे आफ्नै गोडामा अल्झिएर लड्ने हो भन्दै उनले त्यस्तो हुन नदिने गरी अघि बढ्न पनि सिंगो पार्टीपंक्तिलाई आह्वान गरे।
“मैले बारम्बार भन्ने गरेको छु साथीहरूलाई लेखेर पनि राख्नुस् है ठूलो अक्षरमा बिर्सेला भनेर, हिजो–अस्ति पनि भनेको थिएँ कि हामी लड्यौँ भने आफ्नै गोडामा अल्झिएर मात्रै लड्छौँ। अरूले हामीलाई लडाउने तागत नै राख्दैन,” उनले भने। नयाँ पार्टी र व्यक्तिहरूबीच फाटो ल्याउन ठूला दलहरूले संगठित प्रयास गरिरहे पनि सफल हुन नदिने उनको भनाइ थियो।
सभापति लामिछानेले सामाजिक सञ्जालमार्फत असहिष्णु व्यवहार प्रदर्शन नगर्न पनि पार्टीका कार्यकर्ता र समर्थकहरूलाई सचेत गराए। पार्टीका कार्यकर्ता र समर्थकले विपक्षको भन्दा पनि माथि उठेर गालीगलौजको भाषा सामाजिक सञ्जालमा प्रयोग गरे त्यसको असर पार्टी र दलका नेतालाई समेत पर्ने भएकाले त्यस्ता काम गर्न नहुने उनको भनाइ थियो।
सभापति लामिछानेले इमानमा रहेका दिनसम्म मात्रै नेताहरूको बचाउमा लाग्न पनि सिंगो पार्टीपंक्तिलाई सचेत गराए। उनले सभ्य र शिष्ट ढंगले विपक्षको आलोचना गर्न सक्नु नै पार्टीको हितमा हुने पनि पटक पटक दोहोर्याए। उनले भ्रष्टहरूलाई समाप्त पार्ने अभियानमा आफ्नो पार्टी दृढतापूर्वक लागिरहेन प्रतिबद्धता व्यक्त तरे।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
