राष्ट्रियसभामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची छ।
काठमाडौँ– संघीय संसद्का दुवै सदनको बैठक आइतबार बस्दैछ।
बिहान १० बजे बस्ने प्रतिनिधिसभा बैठकमा मन्त्रीहरूले विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिने कार्यसूची छ। संसद् सचिवालयका अनुसार आइतबार शुरूमा उपराष्ट्रपतिको कार्यालयको बजेटमाथि छलफल हुने कार्यसूची छ।
त्यसपछि, गृह मन्त्रालय, वन तथा वातावरण, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, युवा तथा खेलकुद, शहरी विकास, उद्योग, भौतिक पूर्वाधार र सञ्चार मन्त्रालयको बजेटमाथि उठेका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले दिनेछन्।
यता राष्ट्रियसभामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची छ।
दिउँसो १ बजे बोलाइएको बैठकमा प्रधानमन्त्री दाहालले महालेखा परीक्षकको ६०औँ, राष्ट्रिय महिला आयोगको १५औँ र दलित आयोगको दोस्रो वार्षिक प्रतिवेदनसमेत पेस गर्ने कार्यसूची छ।
यस्तै, कानूनमन्त्री धनराज गुरुङले मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, २०८० पेस गर्नेछन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
