जसपाले ७० वर्ष उमेर भएको व्यक्ति केन्द्रीय समिति, प्रदेश, र जिल्ला समितिमा निर्वाचित वा मनोनीत हुन नपाउने व्यवस्था गरेको छ।
काठमाडौँ– जनता समाजवादी पार्टी (जसपा) नेपाल को विधान अधिवेशन आइतबारदेखि शुरू हुँदैछ।
अधिवेशन नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजना हुने सो पार्टीका केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।
विधान अधिवेशनमा केन्द्रीय समितिका ४०६ सदस्य साथै प्रदेश समिति, राष्ट्रिय समिति, विशेष प्रदेश समिति, जिल्ला समिति, महानगर, भातृ संगठन तथा केन्द्रीय समितिबाट मनोनीत हुने १० जनासहित ७६१ प्रतिनिधि सहभागी हुनेछन्।
विधान अधिवेशनको पहिलो दिन पार्टीको विधान मस्यौदा प्रस्तुत हुने सो पार्टीले जनाएको छ। यसैगरी सहभागी प्रतिनिधिलाई १० समूहमा विभाजन गरेर विधानमाथि छलफल गरिनेछ। छलफल सकिएपछि विधानमाथि नेताहरूले धारणा राख्ने गरी कार्यतालिका बनाइएको केन्द्रीय प्रचार विभाग प्रमुख बस्नेतले बताए।
अधिवेशनको अन्तिम तयारी तथा मस्यौदा विधान अनुमोदनका लागि शनिबार केन्द्रीय समिति बैठक बसेको थियो । उक्त बैठकले अनुमोदन गरेको मस्यौदा विधान महाधिवेशनमा पेस हुन लागेको जनाइएको छ।
विधान अधिवेशन गएको चैत २७, २८ र २९ गते गर्ने निर्णय गरिएको भए पनि सरेको थियो। विधानमा १५१ सदस्यीय केन्द्रीय समिति निर्वाचित गर्ने प्रस्तावित गरिएको छ।
जसमा अध्यक्ष १, सहअध्यक्ष १, उपाध्यक्ष ३, महासचिव १, उपमहासचिव ३, सचिव ३ र कोषाध्यक्ष १ जना निर्वाचित गर्ने व्यवस्था छ। यस्तै, संघीय परिषद् अध्यक्ष, केन्द्रीय समिति अध्यक्ष, वरिष्ठ नेता, सहअध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव, कोषाध्यक्ष र केन्द्रीय समितिबाट निर्वाचित १५ जना सदस्य समेत रहने गरी केन्द्रीय कार्यकारिणी समिति गठन गरिने उल्लेख छ।
जसपाले ७० वर्षे उमेर हदको प्रावधान राखेको छ। ७० वर्ष उमेर भएको व्यक्ति केन्द्रीय समिति, प्रदेश समिति, राष्ट्रिय समिति र जिल्ला समितिमा पदाधिकारी पदमा निर्वाचित हुन वा मनोनीत हुन नपाउने प्रबन्ध विधानमा गरिएको छ।
यसैगरी अध्यक्षसहित बढीमा ९ सदस्यीय केन्द्रीय सचिवालय र महासचिवसहित ५ सदस्यीय केन्द्रीय कार्यालय समिति गठन गरिने विधानमा उल्लेख छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
