बुस्केट्स पनि मियामीमा अनुबन्ध

सिजन स्पेन तथा बार्सिलोनाबाट सन्यास लिएका बुस्केट्सले पूर्वसहकर्मी लिओनल मेस्सीसँगै एमएलएसमा खेल्ने निर्णय गरेका हुन्।

काठमाडाैँ– स्पेन तथा क्याटलान क्लब बार्सिलोनाका पूर्वकप्तान सर्जियो बुस्केट्स अमेरिकन क्लब इन्टर मियामीमा अनुबन्ध भएका छन्।

यसै सिजन स्पेन तथा बार्सिलोनाबाट सन्यास लिएका बुस्केट्सले पूर्वसहकर्मी लिओनल मेस्सीसँगै एमएलएसमा खेल्ने निर्णय गरेका हुन्।

मेस्सी यसै सिजन फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) छाड्दै मियामी गएका थिए। मेस्सी र बुस्केट्सले बार्सिलोनामा करिब १५ वर्षसँगै व्यवसायिक फुटबल खेलेका थिए।

त्यस्तै बार्सिलोनाकै अर्का पूर्वसहकर्मी जोर्डी अल्बा पनि मियामी जाने चर्चा चलिरहेको छ। उनले पनि यसै सिजन बार्सिलोना छाडिसकेका छन्। 

डेविड ब्याकमसम्मिलित क्लब मियामीले यी तीनै खेलाडीलाई सँगै खेलाउने चाहाना रहेको पनि बताएका छन्।