गतवर्ष प्रतिमन ५५० देखि ६०० रुपैयाँ रहेको चैतेधान यसवर्ष एक हजार २५० रपैयाँमा कारोबार भइरहेको छ।
बेलबारी– गत वर्षभन्दा यस वर्ष चैतेधानको मूल्य दोब्बर भएपछि मोरङका किसान उत्साहित भएका छन्।
गतवर्ष प्रतिमन ५५० देखि ६०० रुपैयाँसम्म मूल्य पाएको चैतेधानले यसवर्ष एक हजार १०० देखि एक हजार २५० रुपैयाँसम्ममा कारोबार भइरहेको छ।
चैतमा रोपेर असारमा काटिने चैतेधानलाई खेतमै पुगेर व्यपारीले राम्रो मूल्य दिन थालेपछि उत्साहित बनेको मोरङ बेलबारी–११ का भगिरथ घिमिरेले बताए। “यसअघिका वर्षमा चैतेधानले किसानको उत्पादन गर्दा लाग्ने खर्च पनि उठाउँदैन थियो, तर यो वर्ष नसोचेको मूल्य पायौँ,” उनले भने।
चैतेधान लगाउने कृषकलाई कोशी प्रदेश सरकारले प्रोत्साहनस्वरुप प्रतिकठ्ठा ५०० रुपैयाँ दिने निर्णय गरेको छ। तर धेरै किसानले यो सुविधा थाहा नभएको जनाएका छन्। एक बिघा जमिनमा चैतेधान लगाउने गरेका बेलबारी–११ का दिपेन राईले प्रदेश सरकारको यो निर्णय थाहा नभएकोबताए।
मोरङमा एक लाख ११ हजार खेतीयोग्य जमिन रहेको यसमध्ये २१ हजार ९०० हेक्टरमा मात्र चैतेधान लगाउने गरिएको छ। ८३ हजार ३०० हेक्टरमा बर्खेधान लगाउने गरिएको कृषि ज्ञान केन्द्र विराटनगरका प्रमुख रामदेव सिंहले बताए।
५.५ मेट्रिक टन प्रतिहेक्टर धान उत्पादनको तथ्यांक रहेको उनको भनाइ छ। उचित मूल्यको कमीले चैतेधान प्रति कृषकको आकर्षण घट्दो रहेको थियो तर यस वर्षको मूल्यले कृषकमा चैतेधानप्रति आकर्षण बढाएको छ।
हिउँदमा पनि निरन्तर सिँचाइको सुविधा हुने खेतमा चैतेधान लगाउने गरिन्छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
