अन्तर्राष्ट्रियस्तरको स्टेडियम निर्माण गर्ने योजनासहित विराटनगर महानगरले ल्यायो ३ अर्ब २८ करोडको बजेट
महानगरपालिका उपप्रमुख शिल्पा निराला कार्कीले आइतबार १२औँ नगरसभामा आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ३ अर्ब २८ करोड ५० लाख रुपैयाँको बजेट प्रस्तुत गरेकी छन्।
काठमाडौँ– विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गरेको छ। महानगरपालिका उपप्रमुख शिल्पा निराला कार्कीले आइतबार १२औँ नगरसभामा आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ३ अर्ब २८ करोड ५० लाख रुपैयाँको बजेट प्रस्तुत गरेकी हुन्।
महानगरले चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षका लागि ४८ करोड २५ लाखले न्यून बजेट सार्वजनिक गरेको हो। चाल आर्थिक वर्षका लागि महानगरले ३ अर्ब ७३ करोड ७५ लाख अनुमानित बजेट घोषणा गरेको थियो। पछि संशोधन गरेर ४ अर्ब १७ करोड ९ लाख रुपैयाँ बजेट पुर्याएको थियो।
बजेटको स्रोत व्यवस्थापनमध्ये संघीय सरकारको वित्तिय हस्तान्तरणबाट १ अर्ब १९ करोड २४ लाख, प्रदेश सरकारबाट ४ करोड ५१ लाख ६३ हजार प्राप्त हुने महानगरले जनाएको छ। त्यस्तै, राजस्व बाँडफाँडबाट ८० करोड २४ लाख ३७ हजार, आन्तरिक आयबाट ९९ करोड ५० लाख, जनसहभागिताबाट १० करोड प्राप्त हुने महानगरको बजेट वक्तव्यमा उल्लेख छ।
त्यस्तै, अपुग रकमका लागि रकम आन्तरिक ऋणबाट १० करोड ऋण उठाउने महानगरको योजना छ। त्यस्तै, संघ संस्थााबट ३ करोड र नगद मौज्जादबाट २ करोड आय हुने अपेक्षा गरिएको कार्कीले बताइन्।
महानगरले कुल बजेटमध्ये पूर्वाधारतर्फ १ अर्ब ६५ करोड ५५ लाख, प्रशासनिकतर्फ ६८ करोड रुपैयाँ छुट्याएको छ। त्यस्तै, सामाजिक विकासतर्फ ८५ करोड र स्वास्थ्यतर्फ १३ करोड ६७ लाख, शिक्षामा ६७ करोड ९४ लाख, आर्थिक विकासतर्फ ३ करोड ९७ लाख रुपैयाँ विनियोजन गरिएको छ। उपप्रमुख कार्कीले वडास्तरीय आयोजनाका लागि ३८ करोड, नगरस्तरीय आयोजनाका लागि २० करोड, बहुवर्षीय तथा गौरवका आयोजना एवं क्रमागत योजनाको भुक्तानीका लागि ६५ करोड छुट्याइएको बताइन्।
महानगरले निजी क्षेत्रका सहभागितामा अन्तर्राष्ट्रियस्तरको स्टेडियम निर्माण गर्ने, महानगरको आर्थिक विकासका लागि अत्यावश्यक विशेष आर्थिक क्षेत्र, प्रादेशिक बसपार्क, हवाई मैदानको विस्तार, रिङरोडको निर्माण, बाइपास सडक निर्माण गर्ने लगायतका योजनाहरू सार्वजनिक गरेको छ।
यसअघि उपप्रमुख कार्कीले वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरलाई समृद्ध बनाउने सन्दर्भमा स्थानीयस्तरमा रहेका सीमित स्रोत र साधनलाई अधिकतम प्रयोग गरी नगरवासीको आकांक्षालाई पूरा गर्ने बताइन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
