आइतबार २७५ कम्पनीको १ करोड ४७ लाख ५१ हजार कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ४९ करोड ४ लाख १२ हजार रुपैयाँ बराबरको करोबार भएको छ।
काठमाडौँ– साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक नेप्से ६२ अंकले बढेर २१ सय बिन्दुमाथि पुगेको छ। आइतबार नेप्से परिसूचक ६२.२१ अंक बढेर २११७.७३ बिन्दुमा पुगेको हो।
त्यस्तै, सेन्सेटिभ इन्डेक्स ९.६४ अंकले बढेको छ भने फ्लोट इन्डेक्स ४.१० अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स २.८९ अंकले बढेको छ।
आइतबार २७५ कम्पनीको १ करोड ४७ लाख ५१ हजार कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ४९ करोड ४ लाख १२ हजार रुपैयाँ बराबरको करोबार भएको छ। सो कारोबार पछिल्लो ६ महिनायताकै उच्च हो।
गत पुस २६ गते नेप्सेमा ७ अर्ब ४० करोडको कारोबार भएको थियो। गत बिहीबार ३ अर्ब ४४ करोड ४८ लाख ६२ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो। बिहीबारको तुलनामा आइतबार कारोबार रकममा दोब्बरले वृद्धि भएको छ।
आइतबारको कारोबारमा नेप्सेका १३ उपसमूहको परिसूचक हरियाली भएको छ। जसमा सबैभन्दा बढी जीवन बीमा उपसमूहको परिसूचक ७.७९ प्रतिशत बढेको छ। निर्जीवन बीमा उपसमूहको परिसूचक ६ प्रतिशतभन्दा बढी बढेको छ भने वित्त, अन्य र व्यापार उपसमूहको परिसूचक ५ प्रतिशतभन्दा बढी बढेको छ।
आइतबार ७ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। जसमा लाइफ इन्स्योरेन्स कर्पोरेसन, हिमालयन लाइफ इन्स्योरेन्स, एनएमबी ५०, सामलिङ पावर कम्पनी, बीपीडब्लू लघुवित्त वित्तीय संस्था, सिटी होटल र शिवम् सिमेन्ट्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।
त्यस्तै, हिमालयन ऊर्जा, नेपाल इन्स्योरेन्स, प्रभु लाइफ इन्स्योरेन्स, शिखर इन्स्योरेन्स र प्रभु इन्स्योरेन्सको शेयर मूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ। तर शुभम् पावरको शेयर मूल्य ६.८१ प्रतिशत घटेको छ। आइतबार कारोबारमा शिवम् सिमेन्ट्स कम्पनीको ४९ करोड ९० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
